नेभिगेसन मेनु

पर्यटन प्रवर्द्धनका लागि पहरोको ढुङ्गामा आकृति बनाइँदै
सम्पादक:南亚网络电视
समय:2023-07-10 13:32

dhsdfhn

तनहुँ, असार २५ गते । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ र ४ को सिमानामा रहेको ऐना पहराको ढुङ्गामा विभिन्न आकृति खोपेर आकर्षण बनाउने काम धमाधम भइरहेको छ । ऐना पहरामा रहेको झरनामा रमाउन आउने पर्यटकलाई थप आकर्षित बनाउन आकृति खोप्ने कामलाई तीव्रता दिइएको हो ।  

गर्मी मौसमका बेला झरनामा नुहाउन, थकान मेटाउन, भिडिओ, टिकटक बनाउनेको भीड लागेपछि गाउँपालिकाले ऐना पहराेलाई पर्यटकलाई प्रमुख आकर्षण गन्तव्य बनाउन आकृति खोपिएका हुन् ।  गण्डकी प्रदेशको प्रवेशद्वारमा रहेको यस झरनामा पर्यटकको सधैँ भिड लाग्ने भएकोले थप आकर्षित गर्न गाउँपालिकाले यहाँका ढुङ्गामा आमा र बच्चा, हात्ती लगायतका आकृति बनाउने काम तीव्र भइरहेको छ । ऐना पहरालाई थप आकर्षक बनाई पर्यटकलाई लोभ्याउन प्राकृतिक ढुङ्गामा भगवानलगायतको आकृति कुँद्न सुरु गरिएको गाउँपालिकाले जनाएको छ । कालिगड यतिबेला ढुङ्गामा विभिन्न आकृति कुँद्न व्यस्त भएका छन् । गाउँपालिकाले स्थानीय कालिगडलाई काममा लगाएर रोजगारीको अवसर प्रदान गरेको छ । 

चालू आर्थिक वर्षमा रु. एक करोड ४० लाख बजेट विनियोजन ढुङ्गामा आकृति बनाउने, बाटो, शौचालय निर्माण लगायतको काम भइरहेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । चुमानले भन्नुभयो, तनहुँको मात्र नभई गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने सोच राखी पहरोमा आकृति बनाउने काम भइरहेको छ ।’’ पृथ्वीराज मार्गसँगै जोडिएको ऐना पहरामा मनमोहक झरना छ । जोडले झरेको कञ्चन पानी, हरियाली जङ्गल, खोँचबाट झरेको पानीले जो कसैको पनि मन लोभ्याउने थकित मुद्रामा यहाँ पुग्ने आनन्दित भएर फर्किन्छन् ।

काठमाडौँ, चितवनबाट पोखरातर्फ आउने र पोखरातर्फ यात्रा गर्ने सर्वसाधारण सवारीसाधन रोकेरै ऐना पहरा झरनामा रमाउने गर्दछन् । राजमार्ग भएर यात्रा गर्ने सर्वसाधारणको विश्राम स्थलका रूपमा पनि ऐना पहरा झरना विकास भइरहेको पर्यटकलाई नयाँपना दिनको लागि ढुङ्गामा आकृति बनाउन थालिएको  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले भन्नुभयो । झरना धेरै ठाउँमा छन् ऐना पहरा झरनालाई अन्य ठाउँको भन्दा पृथक् पहिचान दिन आकृति बनाउन लागेका हौँ ।’’ पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिङ–पोखरा सडक विस्तारका लागि यति बेला तनहुँ खण्डमा धमाधम काम भइरहेको छ । त्यसले गर्दा राजमार्गको यात्रा सकसपूर्ण छ । त्यसमाथि धुवाँ, धुलोले गर्दा सर्वसाधारणलाई समस्या भइरहेको छ । धुवाँ, धुलो र कष्टपूर्ण यात्राको थकान मेट्नका लागि ऐना पहरा झरना उपयुक्त माध्यम बनिरहेको छ । यहाँ स्काइ साइक्लिङ, सिसाको पुल बनाउने दीर्घकालीन योजना रहेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताउनुभयो । ‘‘पर्यटकले नयाँ नयाँ आनन्द चाहिरहेकोले पृथक् काम गरेका हौं।’’ बहुवर्षीय योजनाअन्तर्गत साहसिक खेल, सिसाको पुल, जीप लाइन, स्विमिङ पुल, ढुङ्गामा आकर्षक मूर्ति निर्माणलगायतका संरचनाका लागि डिपिआर गरी प्रक्रिया अघि बढाइएको गाउँ पालिकाले जनाएको छ ।

तनहुँकै अग्लो महाभारत पर्वत शृङ्खला छिम्केश्वरीको फेदीमा अवस्थित सिउँडी खोलाको पानी बगेर झरनामा मिसिएको छ । ऐना पहरा झरनालाई व्यवस्थित बनाउन  विस्तृत गुरुयोजना तयार भएको गाउँपालिकाको उपाध्यक्ष दुर्गा अर्यालले बताउनुभयो । यस ठाउँलाई व्यवस्थित गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार १० करोड रुपियाँ बजेट आवश्यक पर्छ । डिपिआरअनुसार यस ठाउँमा बुद्धको मूर्ति, रेलिङ, पार्किङलगायतका संरचना निर्माण गर्ने उल्लेख छ ।

गाउँपालिकाका अनुसार पृथ्वी राजमार्ग भएर दैनिक झन्डै पाँच हजार सवारीसाधन गुड्ने हुँदा पर्यटकलाई आकर्षण गर्न सकेको अवस्थामा आयआर्जन गर्न सकिने प्रचुर सम्भावना रहेकोले पार्क निर्माणकार्य अघि बढाइएको गाउँपालिकाले जनाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर