नेभिगेसन मेनु

हिल्साबाट मानसरोवर कैलाशको दर्शन सुरु
सम्पादक:南亚网络电视
समय:2023-06-10 18:12

paryatak

हुम्ला, जेठ २७ गते । कोरोनापछि हिल्सा नाकाबाट मानसरोवर कैलाशको धार्मिक पर्यटकद्वारा दर्शन सुरु भएको छ । कोरोना महामारी भएपछि हिल्सा नाका दुईतर्फी रूपमा सञ्चालनमा आएसँगै मानसरोवर कैलाशको दर्शन गर्ने धार्मिक पर्यटकहरू नेपालजञ्ग हुँदै सिमकोट आउन सुरु भएको हो ।

मानसरोवर कैलाशको दर्शनका लागि पहिलो दिन नेपालगञ्जबाट हवाई मार्ग हुँदै ३४ जना धार्मिक पर्यटकहरू सिमकोट आइपुगेका छन् जसमा चार जना भारतीय र बाँकी एनआरएन छन् ।

गत वैशाख १८ गतेबाट चीनले औपचारिक रूपमा हिल्सा नाका दुईतर्फी रूपमा सञ्चालनमा ल्याएको थियो । २०७६ सालको कोरोनापछि हिल्सा नाकाबाट मानसरोवर कैलाशको दर्शन गर्न पहिलो पटक धार्मिक पर्यटकहरू सिमकोट आइपुगेका हुन् ।

जिल्लामा आइपुगेका पर्यटकमध्ये २४ जना हेलिकोप्टरबाट हिल्सातर्फ जाने छन् भने सिमकोटबाट हिल्सा माउण्टेन एयरको हेलिकोप्टरले छ सटल उडान भरेको थियो ।

सिमकोटमा बास बस्ने १० जना पर्यटकमध्ये चार जना भारतीय नागरिकहरूले सिमकोटबाट लिमीको लाप्चासम्म पैदल मार्ग हुँदै मानसरोवर कैलाशको दूरदर्शन गर्नेछन् भने बाँकी छ जना हेलिकोप्टरमार्फत हिल्सा जाने छन् ।

भारतीय पर्यटकहरूलाई हिल्सा नाकाबाट चीनको मानसरोवर कैलाश दर्शन नखुलाएको र जुन २५ तारिखपछि खुल्नेछ । 

मानसरोवर कैलाशको दर्शनका लागि धार्मिक पर्यटकहरू आउन सुरु भएपछि सिमकोट र हिल्साका होटेल तथा पर्यटन व्यवसायी खुसी भएका छन् । कोरोनाको कारण नाका बन्द हुँदा पर्यटकहरू आउन बन्द भएपछि विशेष गरी हिल्सा र सिमकोटका होटेल व्यवसायी मर्कामा परेका थिए । २०७२ सालको भूकम्पपछि हिल्सा नाकाबाट ३० हजार बढी पर्यटकले मानसरोवर कैलाशको दर्शन गरेका थिए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर