नेभिगेसन मेनु

अवैध भित्रिएका भारतीय गुट्खा बरामद
सम्पादक:南亚网络电视
समय:2023-06-16 14:35

0

बर्दिबास, असार १ गते । महोत्तरी सर्लाही सीमा नजिकको गौसला नपा ७ स्थित जयपुर गाउँ नजिकबाट प्रहरीले विभिन्न ब्रान्डका भारतीय गुट्खा बरामद गरेको छ । प्रहरीले २०० बट्टा राजनीवास, ४० बट्टा तुलसी र ४० बट्टा रजनीगन्धा नामका गुट्खा नियन्त्रणमा लिएको हो । 

स्थानीय व्यापारीका अनुसार बरामद गुट्खा ४ लाख बढी मूल्यको हो । सर्लाही आसपासका क्षेत्रमा सीमा तस्करको गतिविधि बढेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गौशालाको टोलीले छ वटा प्लास्टिकको बोरासहित शुक्रवार बिहान उक्त गुट्खा बरामद गरेको जनाएको छ । 

महोत्तरी सर्लाही नजिकको भारतीय क्षेत्रबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा गस्ती प्रहरीलाई देखि गुट्खा सहितका बोरा छाडी तस्कर भागेका थिए । नियन्त्रित गुट्खा आवश्यक कारवाहीका लागि जलेश्वर भन्सार कार्यालय मलिवारमा बुझाइएको जिल्ला प्रहरीले जनाएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर