नेभिगेसन मेनु

देश जसपाको एजेण्डामा अगाडि बढिरहेको छ : अध्यक्ष यादव
सम्पादक:南亚网络电视
लेखक:रासस
समय:2023-06-02 14:14

upendra-yadav

इनरुवा,  जेठ १९ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देश जसपाको एजेण्डामा अगाडी बढिरहेको बताउनुभएको छ । नागरिकता समस्या समाधान जनता  समाजवादी पार्टीले नै गरेको उहाँले उल्लेख गर्नुभयो । 

सुनसरीको सदरमुकाम इनरुवामा बिहीबार जसपाले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा बधाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष यादवले देशको परिवर्तनकारी आन्दोलन र सङ्घर्षले सङ्घीयता, पहिचानसहितको मधेस प्रदेश, सुशासन र समृद्धि सम्भव भएको बताउनुभयो । 

नागरिकलाई शिक्षा, स्वास्थ्यसहित रोजगार दिलाउन लागिपरेको उल्लेख गर्दै उहाँले जसपा समावेशिता, पहिचान, समानुपातिक समावेशी, जातीय विभेद अन्त्य र नागरिकता समस्या समाधान गर्ने पार्टीको रूपमा स्थापित भएको बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर