नेभिगेसन मेनु

नर्सकै संरक्षणमा बेवारिसे बालिका
सम्पादक:南亚网络电视
समय:2023-06-10 17:41

Untitled-1 (29)

लहान, जेठ २७ गते  । लहानस्थित प्रादेशिक अस्पतालको प्रवेशद्वारमा फेला परेकी बेवारिसे नवजात शिशु बालिकाको अस्पतालका नर्स विमला थापा र निर्मला साहले हेरचाह गर्दै आइरहनुभएको छ। 

केही दिनअघि वर्षा भइरहेका बेला मध्यराति अस्पतालको मुख्य द्वारमा नवजात शिशु बालिका बेवारिसे अवस्थामा फेला परेको थियो। ती बालिकालाई तत्काल सात दिनका लागि भनेर नर्सिङ अधिकृत थापालाई जिम्मा दिइएको थियो तर ती बालिकाको अभिभावकलाई स्थानीय प्रहरीले अझै फेला पार्न सकेको छैन। जसका कारण ती बालिकाको राम्रोसँग हेरचाहसमेत हुन सकेको छैन।

नर्सद्वय थापा र साह अन्य बिरामीको उपचारमा जाँदा बालिकाको स्याहारमा समस्या उत्पन्न हुने गरेको छ। त्यस विषयमा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट सुनील कुशवाहाले कुनै चासो लिनुभएको छैन। मेडिकल सुपरिन्टेन्डेन्ट कुशवाहाले नर्सिङ कक्षमा राखिदिन निर्देशन दिएपछि बालिका केही दिन अलपत्रसमेत परेकी थिइन्। जसका कारण बालिका बिरामी भएपछि पुनः नर्सद्वय थापा र साहले उपचार गर्नुभएको थियो। 

अस्पतालमै अलपत्र परेपछि बालिकाको संरक्षक खोजीका लागि अनुरोध गर्न नर्सद्वय सदरमुकाम सिरहा पुग्नुभएको थियो। आफैँ गाडी भाडा गरेर बालिकासहित उहाँहरू प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडासँग भेट्नुभएको थियो। त्यसपछि प्रजिअ खतिवडाले जिल्ला न्यायाधीश र प्रहरी उपरीक्षकसँग छलफल गर्नुभएको थियो। छलफलपछि अझै केही दिन हेरचाह गर्न र अभिभावक पत्ता नलागे अन्य उपायतर्फ लाग्ने निष्कर्ष निकालिएको थियो। 

“शिशुको रगत समूह, सेरोलेजोलगायतका अनिवार्य जाँच तत्कालै गर्नुपर्ने आवश्यकता भए पनि अस्पतालका मेसु कुशवाहाले कुनै चासो लिनुभएको 

छैन,” नर्स थापाले गुनासो गर्नुभयो, “नवजात शिशुलाई धर्मपुत्रीको रूपमा संरक्षक हुन पाउँ भनेर झापा र बर्दिवासबाट व्यक्ति आएका थिए तर कानुनी प्रक्रियातर्फ कुनै पहल नहुँदा हामीले हेर्नु परेको छ। यसरी कति दिनसम्म हेरचाह गर्ने होला।” 

लहान नगरपालिका बाल संरक्षण समितिका संयोजकसमेत रहनुभएका लहान नगर उपप्रमुख रामचलितर महतोले शिशुको अवस्थाबारे जानकारी लिनुभएको थियो। उहाँले धर्मपुत्री वा संरक्षकको जिम्मा लगाउनेसम्बन्धी प्रक्रिया थालिसकेको बताउनुभयो। अस्पतालका मेसु कुशवाहाले कानुनी प्रव्रिmया सुरु भएको जानकारी दिनुभयो।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर