नेभिगेसन मेनु

हावाहुरीले आँप बालीमा क्षति, किसान चिन्तित्
सम्पादक:南亚网络电视
समय:2023-05-15 16:41

aap3

आइतबार साँझ आएको हावाहुरीका कारण धनुषाको आँपबालीमा ठूलो क्षति भएको छ । हावाहुरीका कारण रुखबाट आँप झरेपछि क्षति भएको किसानको भनाइ छ । कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख शङ्करप्रसाद साहले गए राति आएको हावाहुरीले जिल्लाको सबैजसो स्थानको आँपबालीमा क्षति पुगेको बताउनुभयो ।

क्षति विवरण सङ्कलन कार्य भइरहेको र फलेको करिब २५ प्रतिशत आँप नष्ट भएको उहाँले जानकारी दिनुभयो । हावाहुरीले कतै फल मात्रै झरेको छ छने कतै हाङ्गा समेत भाँचिएको उहाँले बताउनुभयो । 

पाक्ने बेलामा हावाहुरीले आँपमा ठूलो क्षति गरेको भन्दै कृषकहरु चिन्तित बनेका छन् ।  आँप क्षतिबाट वर्षभरीलाई पुग्ने आय चौपट भएको मिथिला नगरपालिका –३, विश्रामपुरका किसान रामलखन महतोले बताउनुभयो । उहाँले आँपलगायत लिची र मकैबालीमा समेत हावाहुरीले असर पुगेको जानकारी दिनुभयो । 

यसैगरी, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी निरीक्षक वेदप्रसाद गौतमले हावाहुरीले आँपबालीलगायत खरले छाएको घर तथा जस्तापाताको घरमा सामान्य क्षति पुगेको भए पनि मानवीय क्षति भने नभएको उहाँको भनाइ छ ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर