नेभिगेसन मेनु

सप्तरीमा अरवौका सडक अलपत्र
सम्पादक:南亚网络电视
समय:2023-05-11 12:53

adfgdf

अरवौ रकमको ठेक्का सम्झौता गरेर पनि समयमा काम गर्न नसकेपछि सप्तरीका एक दर्जन बढी सडकहरू वर्षौँदेखि अलपत्र परेको छ । कठौना पातो १८ किलोमिटर दुरीको कालोपत्रे सडक ७० करोड ४४ लाख ७७ लाख ४३ हजारमा देव एण्ड शायर, कान्छाराम र वामति गरी तीन वटा कम्पनी मिलेर तीन वर्षे ठेक्का सम्झौता गरेको हो । उक्त सडकको काम २०७७ मङ्सिर ३ मै सक्नुपर्ने तर अलपत्र छ ।

राजविराज (कनौली १३ किलोमिटर , बलान ( राजविराज (२६ किलोमिटर एक अर्ब ४२ करोड ६६ लाख १ हजार ५ सय ११ रुपियाँमा लागेको ठेक्का पनि आठ वर्षदेखि अलपत्र परेका छन् । जिल्लामा अलपत्र रहेका सडकहरूको कार्य समयमै सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय सप्तरीले सम्बन्धित पक्षहरूसँग पटक पटक छलफल तथा परामर्श गरे पनि कार्य प्रगति नतिजा उस्तै रहेको सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा बताउनुहुन्छ।  

सडक डिभिजन कार्यालय लहानका प्रवक्ता रमेश गोइत भन्नुहुन्छ स्थानीयको सहयोग रहँदा पनि ठेक्का कम्पनीहरूले विगत दश महिनामा प्रगति पाँच देखि दश प्रतिशत मात्र भएको र आउने एक महिना भित्रै बाकी ९० प्रतिशत काम यसै आर्थिक वर्षभित्र सक्ने ठेकदारले हाँस्यस्पद आश्वासन हामीलाई दिएर जान्छन् । तर गर्नु के ठेक्का तोड्नु पनि त्यति सहज छैन । उहाँले भन्नुभयो ।

सडक निर्माणका ठेक्का पाएका जिल्लाभरिका ठेक्का कम्पनीहरूले प्रत्येक महिनाको कार्य प्रगति तालिका प्रकाशित गर्न र निर्माण प्रगतिको सम्बन्धित कार्यालयले अनुगमन निगरानी गर्न प्रमुख जिल्ला अधिकारी थापाले निर्देश दिनुभयो । उहाँ भन्नुहुन्छ त्यही कम्पनीले अन्यत्र समयमै काम सक्छ तर सप्तरीमा ठेक्का लिएर काम लथालिंग छोड्ने प्रवृत्ति हाबी भएको विडम्बना छ । 

समयमा सडक निर्माण नभएको भनेर बाटो जाम गरेर प्रहरी प्रशासनलाई थप दुख दिनु भन्दा सम्वन्धित कार्यालय घेराऊ गर्न प्रहरी प्रमुख नरेन्द्र कार्कीले भन्नुभयो । ठेक्का सम्झौता गर्ने कार्यालयले ताकेता गरेर कमी कमजोरी औँल्याउनुभयो भन्ने हामीलाई नि कारबाही गर्न सहज हुन्छ । आउने असार मसान्त भित्र समयमा काम नसकेका खण्डमा मेरो ठेक्का कम्पनीलाई कानुनी कारबाही सहन तयार रहेको साह ठेक्का कम्पनीका सञ्चालक सञ्जीव साहले बताउनुभयो ।

त्यस्तै बज्र गुरु जेबीले २०७४मा ठेक्का सम्झौता गरेका विरेन्द्रवजार ( राजविराज सडक ,राजविराज (कंचनरूप २० किलोमिटर सडक निर्माणको जिम्मा एक अर्व दुई करोड ६८ लाखमा २०७४ मा बज्र गुरु जेबीसँग भएको सम्झौताको म्याद दुई पटक थपिएर पनि काम भएन । चैत्रसम्मै सक्नुपर्ने कामको अझ तेस्रो पटक म्याद थपको प्रक्रिया अघि बढाइएको ठेक्का कम्पनीले जनाउनुभयो । चन्द्र नहरको जग्गा विवाद अवरोधले तीन वर्षमा काम गर्नै पाएनौ त्यसपछि सिँचाई र मन्त्रालयको सहजताले एक वर्षदेखि काम सुचारु गर्दा १३ किलो मिटर सकेका छौ र ७ किलोमिटर बाँकी रहेको यो आर्थिक वर्षमा सक्ने सडक निर्माणको जिम्मा पाएका ठेक्का कम्पनी बज्र गुरु जेबीको प्रतिनिधि रेवन्त बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार सडक भन्दा पुलहरू पहिला नै अरु ठेकेदारको ठेक्का भएकोले पुलको दुई दुई सय मिटर उनीहरूकै जिम्मा भएकोले साइट क्लियर नपाएर पनि हामी अन्यौलता छौ ।

हुलाकी सडक आयोजना प्रमुख विजय थापाका अनुसार हामी साइट क्लियर दिन तयार छौ बाँकी ठेक्का कम्पनीहरू चालु आर्थिक मसान्तभित्रै काम सकेर दिन निर्देशन दिएका छौ । फोटोहरू बज्र गुरु जेवीद्वारा सात वर्षदेखि अलपत्र पारेका वीरेन्द्र ( बजार राजविराज निर्माणाधीन सडक खण्ड । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर