नेभिगेसन मेनु

कमला बगरमा तर्बुजाको खेती
सम्पादक:南亚网络电视
समय:2023-05-09 12:36

Untitled-1 (2)

निजी जग्गा नभएका सिरहा र धनुषाको विपन्न किसान कमला नदीको बगरमा तर्बुजा खेती गरेर राम्रो आम्दानी गरिरहेका छन् । उत्पादन गरेको तर्बुजा बिक्री गर्न बजारको समस्या नरहेको र नगद व्यापार गरेर तीन महिनामै लगानीको दोब्बर आम्दानी हुँदा यसको खेतीतर्फ आकर्षण बढ्दै गइरहेको हो । सिरहाको कर्जन्हा नगरपालिका, कल्याणपुर नगरपालिका र सिरहा नगरपालिका अन्तर्गत कमला नदी किनाराका विपन्न दलित किसान यस खेतीतर्फ आकर्षित भएर केही वर्ष यता राम्रो आम्दानी गरेर आर्थिक अवस्थामा सुधार गर्न लागि परेका छन् । सिरहा–५ का रामकिसुन मुखियाले बगरमा खेती गरेर राम्रो आम्दानी गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सुरुमा एक÷दुई जनाले सुरु गरे अहिले देखासिखीमा धेरैले गर्न थालेका छन् ।”

असोजबाट सुरु गरी वैशाखको अन्तिम महिनासम्म उत्पादन गरिने तर्बुजाबाट राम्रो आम्दानी भइरहेको सिरहा नगरपालिका–५ का अर्का किसान मङ्गल मुखियाले बताउनुभयो । उहाँका अनुसार एक बिघामा यस वर्ष उत्पादन गरेको खर्बुजा बिक्री गरेर तीन लाखभन्दा बढी कमाइ हुनेछ । लगानी लगाएको रकमको दोब्बर आम्दानी भइरहेको छ । आफू तीस वर्षदेखि यस खेतीमा लागेको छु । तर्बुजासँगै लौका, फर्सी, बोरीलगायतका तरकारी खेतीसमेत गरेर बर्सेनि उत्पादन र आम्दानी बढाउन किसान आकर्षित भइरहेका छन् । 

सयौँ किसान बगरमा उत्पादन गरेको तर्बुजा जनकपुर, लहान र भारतीय बजारमा माग निकै रहेको छ । एउटा तर्बुजा पाँच किलोसम्म हुने गरेको छ । समयमा मलखाद्य उपलब्ध हुने र सुक्खा मौसममा बाढी नआउने हो भने तीन÷चार महिनामा राम्रो कमाइ हुन्छ । तर्बुजा खेतीका लागि स्थानीय सरकारले तालिम र उत्पादनका लागि पुँजीको सुविधा गरिदिने हो भने निम्न वर्गीय किसानका लागि बगरको तर्बुजा खेती आम्दानीको भरपर्दो स्रोत हुने अवस्था छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर