नेभिगेसन मेनु

डोजर चलेपछि सडक फराकिलो
सम्पादक:南亚网络电视
समय:2023-05-02 13:03

Untitled-1

सिरहा नगरपालिकाले पदमपुरदेखि माडरसम्म छ किलोमिटर सार्वजनिक जग्गामा बनेको घरटहरा र ठूला भवन खाली गराएको छ। तीन दशकदेखि खाली गराउने प्रयास भए पनि सम्भव हुन सकेको थिएन।  

स्थानीय पत्रकार देवकुमार यादवका अनुसार नगरप्रमुख डा. नवीनकुमार यादवको साहसिक निर्णयले सिरहा बजार क्षेत्रमा रहेको अतिक्रमित जग्गा खाली गर्न सम्भव भएको हो। अतिक्रमित घरटहरा हटेसँगै अब सिरहा नपामा फराकिलो सडक निर्माण हुने भएको छ। कहिले घरटहरा खाली होला र सडक बन्ला भन्ने चाहना बल्ल पूरा हुने भएपछि स्थानीय बासिन्दा खुसी छन्। 

भारतीय सीमा माडरदेखि कटारी हुँदै सोलु सल्लेरीसम्म जोडिने सडक निर्माण हुँदा सिरहाकै समग्र विकासका लागि महìवपूर्ण कार्य भएको संविधान सभा सदस्य आशा यादवले बताउनुभयो। उहाँले थप्नुभयो, “आफू पनि यहीँ नगरपालिकाको बासिन्दा हुँ। पदमपुरदेखि माडरसम्म लगभग पाँच सय कच्ची पक्की घर भत्काइएको छ। जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत र चन्द्र माध्यमिक विद्यालयको पर्खालसमेत भत्काइएपछि अन्य घर सम्बन्धित व्यक्तिले आफैँ खाली गरिदिए।”

साँघुरो सडकका कारण सिरहाको विकास अवरुद्ध भएको बताउँदै नगरप्रमुख डा. यादवले चुनावमा गरिएको प्रतिबद्धताअनुरूप वडाध्यक्षहरू र राजनीतिक दलका प्रतिनिधिसँग लिखित सहमति गरेर सार्वजनिक जग्गामा निर्माण भएका भवन घरहरू खाली गराइएको बताउनुभयो। उहाँले भन्नुभयो, “सर्वोच्च अदालतबाट नगरपालिकाको पक्षमा फैसला भएपछि पटकपटक सार्वजनिक सूचना प्रकाशित गरिए पनि सम्भव भएको थिएन, अहिले सम्भव भयो।”  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर