नेभिगेसन मेनु

तितेपातीबाट सावुन उत्पादन
सम्पादक:南亚网络电视
समय:2023-04-12 12:49

Titepati_ko_sabun_aXfv17tgdv

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान औलाका उद्यमीहरुले तितेपातीलाई प्रसोधन गरेर सावुन उत्पादन गरेका छन् । औलाका उद्यमी मिलेर खोलेको गिद्धेश्वर सावुन उद्योगले तितेपातीको रसलाई अन्य रसायनसँग मिसाएर नुहाउने र कपडा धुने सावुन बनाएका हुन् । 

उद्योगकी अध्यक्ष कविता क्षेत्रीले तितेपानी निचोलेर निकालेको रसको प्रयोग गरेर बनाएको सावुनको माग बढेको बताइन् ।  

‘तितेपाती, घ्युकुमारी, कागती, पुदिना, सुन्तला र मेवाको बोक्राको धुलोलाई सरफमा मिलाएर सावुन बनाएका हौं,’ उनले भनिन् ‘हारपिक, सरफ र फिनेल बाहेक साबुन बनाउन प्रयोग हुने कच्चा पदार्थ सबै गाउँकै प्रयोग गरेका छौं।’ 

कपडा धुने, नुहाउने सावुनका अलावा उनीहरुले सरसफाईमा प्रयोग हुने हारपिक र सरफ पनि उत्पादन गरेका छन् । औला र छिमेकी गाउँ हुँदै अहिले अन्नपूर्ण गाउँपालिकाको अन्य बस्ती र जिल्ला सदरमुकाम बेनी बजारमा त्यहाँका साबुनको बजारीकरण हुन थालेको छ । तितेपातीको साबुनको मूल्य प्रतिगोटा ३० रुपैयाँ कायम गरिएको छ । 

वि.स. २०७७-०७८ र २०७८-७९ दुई आर्थिक वर्षमा अन्नपूर्ण गाउँपालिकाले लघुउद्यम विकास कार्यक्रम अन्तरगत औलामा साबुन बनाउने तालिम सञ्चालन गरेको थियो । पहिलो वर्ष ७ दिन र देस्रो वर्ष ६ दिनको तालिम आयोजना भएको थियो ।

तालिममा सहभागी भएकाहरुले सिकेको सिपको सदुपयोग गरेर उद्योग सञ्चालन गरेको सदस्य डिलप्रसाद फगामीले बताए। 

उनका अनुसार एक लाख २० हजार रुपैयाँ लगानी गरेर गाउँको सामुदायिक भवनमा सुरु गरिएको उद्योगले दुई लाख पचास हजार रुपैयाँ मूल्य बराबरको साबुन बिक्री गरेको छ । तालिममा खाजा खर्चबापत पाएको रकम बचाएर उद्योगका लागि कच्चा पदार्थ किनेका थिए । उद्योगमा गेमप्रसाद फगामी, गोविसा पुर्जा, गंगा पुन, विमला पुन, श्यामकुमारी पुन, टिकिसरा पुन र टिका घताने लगायत आवद्ध छन्। अध्यक्ष क्षेत्रीले अन्नपूर्ण गाउँपालिका–५ स्वाँतमा पनि व्यक्तिगत उद्योग सञ्चालन गरेको बताइन् ।  

घरायसी कामबाट बचेको समय साबुन उद्योगमा लगाउने गरेका छन् । उपकरण र भवनको आवश्यकता रहेको उद्यमीहरुले बताएका छन् । उद्यमीहरुले उत्पादन गरेको सावुन खरिद, प्रर्वद्धन, बजारीकरण गरेर प्रोत्साहन गरिएको अन्नपूर्ण गाउँपालिकाका उद्यम विकास अधिकृत शंकर सापकोटाले बताए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर