नेभिगेसन मेनु

पशुलाई न्यून गुणस्तरको पोषण खुवाइँदै
सम्पादक:南亚网络电视
समय:2023-03-25 14:15

Untitled-1

पाल्पा, चैत ११ गते । 

पाल्पा, चैत ११ गते । तिनाउ गाउँपालिकाले पशुका लागि वितरण गरेको भिटामिन र क्याल्सियम न्यून गुणस्तरको भएको पाइएको छ। गाईभैँसीलाई पोषणका लागि खुवाइने भिटामिन, मिनरल्स र क्याल्सियम पालिकाले न्यून गुणस्तरको वितरण गरेको पाइएको हो। 

पशु सेवा विभागले २०७९ फागुन ११ गते पत्र लेखेर नुट्रिभेट फर्म केयर प्रालि बुम्बईले उत्पादन गरेको भिटामिन र क्याल्सियम बिक्री वितरण नगर्न निर्देशन गरेको छ। विभागले रुपन्देहीस्थित खनाल भेट सेन्टरलाई पत्र लेखेर उक्त कम्पनीका हाइमिल्कर फोर्टे र भिटा ओ भिटा बजारबाट फिर्ता गराउनुपर्ने, मौज्दात विवरण सात दिनभित्र विभागमा पठाउनुपर्ने र पुनः उक्त कम्पनीको सामान आयात गर्नुपर्ने भए नयाँ ब्याचको स्याम्पल टेस्ट गर्नुपर्ने उल्लेख छ। विभागले वितरण गरेको क्याल्सियम र भिटामिनमा हुनुपर्ने भिटासिन (ए)को मात्रा कम रहेको पाइएको हो।

यद्यपि तिनाउले भने हालसम्म पनि सो कम्पनीको न्यून गुणस्तरको भिटामिन र क्याल्सियम वितरण गरिरहेको छ। पशु शाखाका लागि विनियोजित बजेट दुई लाखबाट उक्त औषधि खरिद गरिएको तिनाउ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मनीष अधिकारीले बताउनुभयो। अधिकारीले दुई महिनाअघि कोटेसनबाट भिटामिन, मिनरल्स र क्याल्सियम खरिद गरेको थियो। यद्यपि विभागको पत्रबारे आफूलाई जानकारी नभएको अधिकारीले बताउनुभयो। अधिकारीका अनुसार गत पुसमै पालिकाले उक्त औषधि खरिद गरेर स्टक राखी चैतमा वितरण गरेको हो। “हामीले सहकारीलाई वितरण गरेका छौँ अझै किसानकहाँ पुगेको छैन होला,” अधिकारीले भन्नुभयो। 

यसबारे किसान अनविज्ञ छन्। तिनाउ–६, मस्यालस्थित डुम्रे दुग्ध सहकारी संस्थाका व्यवस्थापक गोपाल जीसीले किसानलाई सबै कुरा थाहा नहुने बताउनुभयो। “हामीलाई उत्पादन मिति र म्याद सकिएको मितिबाहेक अन्य कुरा थाहा हुँदैन,” जीसीले भन्नुभयो। 

तिनाउ गाउँपालिकाले गुणस्तर नपुगेको उक्त कम्पनीबाट खरिद गरिएको भिटामिन, मिनरल्स र क्याल्सियमको हालसम्म भुक्तानी नगरेको जनाएको छ। “न्यून गुणस्तरको भनिएको सामग्रीको भुक्तानी गरिएको छैन,” पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठले भन्नुभयो, “पशु शाखामा बुझेपछि थप कुरा जानकारी दिन सकिन्छ। कम्पनीका बीचमा भएको अस्वस्थ प्रतिस्पर्धाका कारण यस्तो भएको हुन सक्ने श्रेष्ठको दाबी छ।   

 गाईभैँसीलाई पोषणका लागि खुवाइने भिटामिन, मिनरल्स र क्याल्सियम पालिकाले न्यून गुणस्तरको वितरण गरेको पाइएको हो। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर