नेभिगेसन मेनु

मालपोत कार्यालयमा चार महिनादेखि ताला
सम्पादक:南亚网络电视
समय:2023-02-03 12:21

Untitled-1 (1)

रुकुमपश्चिम, माघ २० गते । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकामा स्थापना गरिएका मालपोत र नापी कार्यालय उद्घाटन भएदेखि नै बन्द अवस्थामा रहेका छन् । स्थानीयस्तरमै मालपोत र नापी सेवा दिने उद्देश्यले चार महिना पहिले खोलिएका यी दुवै कार्यालयमा अहिले ताला लगाइएको छ ।

गत असोज १० गते उद्घाटन गरिएका मालपोत र नापी कार्यालय हालसम्म पनि सञ्चालनमा आउन सकेका छैनन् । स्थानीयवासीले भने कार्यालयको उद्घाटन गरेर मात्रै छोडिएको गुनासो गरेका छन् । 

जिल्लाको आठबीसकोट र बाँफीकोटका केही क्षेत्र कार्यक्षेत्र रहने गरी ती दुई कार्यालय उद्घाटन गरिएको थियो । तत्कालीन कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकासमन्त्री रातो कामीले दुवै कार्यालयको उद्घाटन गर्नुभएको थियो । कार्यालय उद्घाटन भएको चार महिना बितिसक्दा पनि साइनबोर्ड राख्नेबाहेक केही उपलब्धि भएको छैन ।

मालपोत कार्यालय रुकुमपश्चिमका कार्यालयका प्रमुख ओमबहादुर केसीले बजेट विनियोजन नहुँदा सेवा सञ्चालन हुन नसकेको बताउनुभयो । 

उहाँले विभागबाट कार्यालय सञ्चालनका लागि कुनै पनि परिपत्र नआएकाले कहिले सञ्चालन हुन्छ भन्नेबारेमा अन्योल नै रहेको जानकारी दिनुभयो । आठबीसकोटस्थित मालपोत र नापी कार्यालयमा जिम्मेवारी तोकिएका कर्मचारीले आफ्नै दरबन्दी रहेको कार्यालयमै फर्किएर काम गरिरहेका उहाँको भनाइ छ ।

आठबीसकोट नगरपालिका–९ मा भाडाको घरमा उक्त कार्यालय स्थापना गरिएको हो । केही दिनमै सञ्चालनमा आउने आश्वासन देखाए पनि अहिलेसम्म कार्यालय सञ्चालनमा नआएको स्थानीय कमल शाहले बताउनुभयो । कार्यालय उद्घाटनको समयमा यहाँका सेवाग्राही जग्गासम्बन्धी कामका लागि सदरमुकाम जानुपर्ने बाध्यता हटेको बताइए पनि तालाबन्दी हुँदा सदरमुकाममै धाउन बाध्य भएको उहाँको भनाइ छ । रुकुमपश्चिमको आठबीसकोटमा नापी र मालपोत कार्यालय सञ्चालन गर्ने भनेर मन्त्रिपरिषद्बाट निर्णय भएपछि नै कार्यालय उद्घाटन गरिएको थियो । यहाँका बासिन्दा स्थानीयस्तरमै जग्गासम्बन्धी हरेक कामकाज गराउन पाउने भएपछि खुसी भएका थिए तर चार महिनासम्म पनि सेवा सुरु नहुँदा उनीहरू निराश भएका छन् ।     

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर