नेभिगेसन मेनु

चीनद्वारा जापानलाई सैन्य र सुरक्षा क्षेत्रमा बोली र कर्ममा होसियार हुन आग्रह
सम्पादक:南亚网络电视
समय:2022-12-07 11:48

china-spokes-760x500

जापानी पक्षले सैन्य र सुरक्षा क्षेत्रमा विवेकपूर्ण ढङ्गले बोल्नुपर्ने र क्षेत्रीय शान्ति र स्थायित्व कायम गर्नका लागि थप काम गर्नुपर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले मङ्गलबार बताएकी छन् । प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा जापानको बढ्दो रक्षा बजेटसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै उक्त टिप्पणी गरेकी हुन् ।

माओले जापानको रक्षा बजेट लगातार १० वर्षसम्म बढेको र जापान पनि क्षेत्रीय तनाव खेल्ने र सैन्य सफलता खोज्ने सम्भावना रहेको बताउँदै त्यस्ता खतरनाक कदमहरूले एसियाली छिमेकी र अन्तरराष्ट्रिय समुदायबीच कडा आशंका पैदा गरेको बताएकी छन् ।

जापान एक विशेष रक्षा उन्मुख नीति र शान्तिपूर्ण विकासको बाटोमा अडिग रहन सक्छ । जापानले आफ्नो आक्रामकताको इतिहासलाई गम्भीरताका साथ चिन्तन गर्नुपर्छ । आफ्ना एसियाली छिमेकीहरूको सुरक्षा चासोको सम्मान गर्नुपर्छ ।

सैन्य र सुरक्षा क्षेत्रमा विवेकपूर्ण ढङ्गले बोल्नुपर्छ र काम गर्नुपर्छ जसले क्षेत्रीय शान्ति र स्थायित्व कायम गर्नका लागि अनुकूल वातावरण निर्माण हुन्छ,’ प्रवक्ताको टिप्पणी छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर