नेभिगेसन मेनु

चीनका पूर्वराष्ट्रपति जियाङको निधनप्रति राष्ट्रपति र प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
सम्पादक:南亚网络电视
समय:2022-12-02 12:14

deuba-bidhya-760x500

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले जनवादी गणतन्त्र चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

राष्ट्रपति भण्डारीले पूर्वराष्ट्रपति जियाङको निधनमा चीनका राष्ट्रपति सी चिनफिङलाई बिहीबार शोक सन्देश पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनले सन्देशमा पूर्वराष्ट्रपति जियाङको निधनले नेपालले एक सच्चा र प्रतिष्ठित मित्र गुमाएको उल्लेख गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपाल र चीनबीचको घनिष्ठ मित्रता र सहयोगलाई थप सुदृढ बनाउन सन् १९९६ मा पूर्व राष्ट्रपति जियाङको नेपालको औचापरिक भ्रमणको समेत स्मरण गरेकी छन् ।

यसैगरी प्रधानमन्त्री देउवाले चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङलाई आफ्नो शोक सन्देश पठाउँदै पूर्व राष्ट्रपति जियाङ नेपालको परममित्र र शुभचिन्तक रहेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री देउवाले नेपाल र चीनबीच लामो समयदेखिको सौहार्दता, मित्रता र सहयोगको सम्बन्धलाई सुमधुर बनाउन दिवंगत पूर्व राष्ट्रपति जियाङले पुर्याएको योगदानको पनि स्मरण गरेका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर