नेभिगेसन मेनु

लकडाउनविरुद्ध चीनका मुख्य सहरमा व्यापक प्रदर्शन
सम्पादक:南亚网络电视
समय:2022-11-29 12:00

china-tens

चीनमा कोभिड नियन्त्रणका लागि जारी कडा प्रतिबन्धविरुद्ध सुरु भएको विरोध प्रदर्शन ठूला सहरहरूमा समेत फैलिएर व्यापक बनेको छ ।

राजधानी बेइजिङ र वित्तीय केन्द्र साङ्घाई सहरमा सयौँ प्रदर्शनकारीहरू जम्मा भएका छन् र उनीहरूले राष्ट्रपति सी जिन्पिङको राजीनामा माग गरिरहेका छन् ।

प्रदर्शनकारीहरूले सीको शून्य–कोभिड नीतिमाथि प्रश्न गरिरहेका छन् जसमा सामूहिक परीक्षण, क्वारन्टिन र लकडाउनहरू समाविष्ट छन् ।

उरुम्चीस्थित एक अपार्टमेन्टमा भएको आगलागीमा कम्तीमा १० जनाको ज्यान गएपछि त्यहाँ कोभिड निषेधाज्ञा विरुद्ध प्रदर्शनहरू सुरु भएका हुन् । लकडाउनका कारण आगलागी भएको भवनमा उद्धार प्रभावित भएको प्रदर्शनमा उत्रिएकाहरूको आरोप छ ।

यद्यपि, सरकारी निकायहरूले भने उक्त आरोपको खण्डन गर्दै आएका छन् । अहिले प्रदर्शन चेङ्दु र सिआनका दक्षिण–पश्चिम सहरहरू र वुहानमा पनि सुरु भएको छ। करिब तीन वर्षअघि वुहानबाटै कोभिड सङ्क्रमण सुरु भएको हो ।

प्रदर्शनका क्रममा धेरै प्रदर्शनकारीहरूले खाली ब्यानरहरू समातेको दृश्य देखिन्छ । उनीहरूले आफ्नो असन्तुष्टि व्यक्त गर्नका लागि सेतो कागज र खाली ब्यानर बोकेका हुन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर