नेभिगेसन मेनु

चीनमा आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो
सम्पादक:南亚网络电视
समय:2022-11-23 12:13

63836176_401

चीनको एक व्यापारिक फार्ममा भएको आगलागीमा परेर मृत्यु हुने व्यक्तिको सङ्ख्या ३८ पुगेको सरकारी अधिकारीले मङ्गलबार जानकारी दिएका छन् ।

मध्य चीनको हेनान प्रान्तमा रहेको एन्यान सहरमा अवस्थित एक व्यापारिक फार्ममा आगलागी भएको बताइएको छ । सामान्य रुपमा घाइते भएका दुई जना उपचारको लागि अस्पताल लगिएको जनाइएको छ ।

सोमबार अपराह्न त्यहाँ आगलागी शुरु भएको प्रहरीले जनाएको छ । यहाँ ठूलो सङ्ख्याका प्रहरी तथा उद्धारकर्मीहरुले उद्धारको काम गरिरहेका पनि बताइएको छ । स्थानीय अधिकारीहरूले दुइ सय ४० जना र ६३ सवारी साधन उद्धारकार्यमा सामेल हुन पठाएका र मध्यरातमा आगो निभाइएको बताइएको छ ।

यस फार्ममा के कति कारणले आगलागी भएको हो भन्ने बारेमा भने केही बताइएको छैन । प्रहरीले सो फार्ममा रहेका दुई जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर