नेभिगेसन मेनु

कास्मिरमा भिडन्त, अधिकृतसहित चार सैनिकको मृत्यु
सम्पादक:南亚网络电视
समय:2022-11-12 11:56

फाइल तस्बिर। 

भारतको जम्मु-कस्मिरको लाइन अफ कन्ट्रोल(एलओसी)मा भारतीय सैनिकका अधिकृतसहित चार जना मारिएका छन्।

आइतबार कुपवारा जिल्लामा भएको आतंवादीविरूद्धको अपरेशनमा गोलीबारी हुँदा चार जना सैनिक मारिएका हुन्। त्यस्तै तीन आतंकवादी समेत मारिएको एनडिटिभीले जनाएको छ। 

गोलीबारी आइतबार बिहान १ बजे सुरू भएको थियो। पेट्रोलिङमा खटिएका बोर्डर सेक्युरिटी फोर्स (बिएसएफ)का सैनिकहरूले एलओसीमा चहलपहल भएको चाल पाए। बिएसएफले उनीहरू आतंकवादी भएको पत्ता लगाएपछि गोलीबारी सुरू भएको थियो। 

त्यहीबेला तीन जना आतंकवादी मारिएका थिए भने बिएसएफका एक हवल्दारको समेत मृत्यु भएको थियो।

'जवान सुदीप सरकारले माचिल सेक्टर अपरेशनमा ज्यान गुमाए। भारतीय सैनिकसँगको संयुक्त अपरेशन जारी छ,'बिएसएफले भनेको छ। 

गोलीबारी बिहान ४ बजे रोकिएको थियो।

बिहान सवा १० बजे फेरि एलओसीबाट साढे एक किलोमिटर टाढा आतंकवादीहरू फेला परेका थिए।

त्यहाँ पनि सैनिक र आतंवादीहरूबीच भिडन्त भएको थियो। त्यहाँ भएको गोलीबारीमा एक सैनिक अधिकृतसहित दुई जवानले ज्यान गुमाएका थिए। त्यस्तै दुई जना सैनिक घाइते समेत भएका थिए। 

उनीहरूलाई उपचारको लागि पठाइएको छ। भारतीय सैनिकका अनुसार अपरेशन अझै जारी छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर