नेभिगेसन मेनु

पाकिस्तानमा डेंगुको प्रकोप बढ्दै, २४ घण्टामा पाँचको मृत्यु
सम्पादक:南亚网络电视
समय:2022-11-08 11:37
blog

  पाकिस्तानमा केही महिना यतादेखि सुरु भएको डेंगुको प्रकोप झन् बढेको पाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । ती अधिकारीका अनुसार पाकिस्तानका पूर्वी प्रान्त पञ्जाबमा पछिल्लो समयमा यसको प्रकोप बढेको पाइएको छ ।

पञ्जाबमा मात्र आइतबार चार जनाको ज्यान गएको बताइएको छ । त्यसैगरी सिन्ध प्रान्तमा अर्का एकजनाको ज्यान गएको छ ।पञ्जाब प्रान्तमा मात्र २४ घन्टायता दुई सयभन्दा बढी व्यक्तिमा डेँगुको सङ्क्रमण भएको पाइएको छ । सिन्धमा पनि यसको प्रकोप बढेको पाइएको छ ।

करिब तीन महिना यतादेखि बढेको यो सङ्क्रमणबाट यस वर्षमात्र सिन्ध प्रान्तमा १६ हजार जनाभन्दा बढी सङ्क्रमित भएका छन् । साथै सिन्ध प्रान्तमा पनि यो सङ्क्रमणबाट १९ हजारभन्दा बढी व्यक्ति सङ्क्रमित भएका पाइएको छ ।

यस वर्षको मनसुनी वर्षाले पाकिस्तानमा ठूलो क्षति पु¥याएको थियो । दशौँ लाख मानिस प्रभावित भएका थिए भने लाखौँ जना घरबारविहीन भएका छन् । बाढीपछिको फोहाेर र बाढी प्रभावित नागरिकको अव्यवस्थित बसाइका कारण यहाँ डेँगुको प्रकोप बढेको बताइएको थियो । तर अहिले पनि सो प्रकोप नघटेको यहाँको स्वास्थ्य विभागले जानकारी दिएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर