नेभिगेसन मेनु

एफडीआई आकर्षित गर्न उदारीकरण आवश्यक : श्रीलङ्काली राष्ट्रपति
सम्पादक:南亚网络电视
समय:2022-11-07 12:36
श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले प्रत्यक्ष विदेशी लगानी (एफडीआई) आकर्षित गर्न देशको सेवा क्षेत्रलाई क्रमशः उदारीकरण गर्नुपर्ने आवश्यकतामा जोड दिएको  राष्ट्रपतिको मिडिया डिभिजन (पीएमडी) ले आइतबार  उल्लेख गरेको छ । 
राष्ट्रपतिले हालसम्मको विश्वको सबैभन्दा ठूलो स्वतन्त्र व्यापार सम्झौता क्षेत्रीय बृहत् आर्थिक साझेदारीमा सदस्यता लिनका लागि कदम चाल्नुपर्ने बताए । राष्ट्रपतिको सचिवालयमा राष्ट्रिय व्यापार वार्ता समितिका पदाधिकारीहरूसँगको भेटमा विक्रमासिङ्घेले सो कुरा बताएका हुन् ।
राष्ट्रपतिद्वारा स्वतन्त्र व्यापार वार्ता, अन्तरराष्ट्रिय व्यापारको भावी दृष्टिकोण र नीतिगत प्राथमिकताहरू पङ्क्तिबद्ध गर्ने महत्त्वका बारेमा कुराकानी भएको समेत बताइएको छ। उनले अन्तरराष्ट्रिय व्यापारिक गतिविधिको विस्तारसँगै स्थानीय उद्योगलाई प्रतिस्पर्धामा समायोजन गर्न सरकारले व्यापार समायोजन कार्यक्रम लागू गर्ने  पनि उल्लेख गरेका छन् ।
क्षेत्रीय र विश्वव्यापी आपूर्ति शृङ्खलाहरूमा पहुँच र निर्यात र निर्यातमुखी वैदेशिक प्रत्यक्ष लगानी बढाउन विश्वव्यापी अर्थतन्त्रसँग पुनः संलग्नता आवश्यकता रहेको र घरेलु अर्थतन्त्रलाई पुनरुत्थान गर्न सरकारको आर्थिक सुधार कार्यक्रमको अनिवार्य रहेको उनको धारणा छ । पछिल्लो समय श्रीलङ्काले चरम आर्थिक सङ्कट बेहोरिरहेको छ।
#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर