पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं तेहरिक-ए-इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खानको हत्या प्रयास भएको छ । उनीको गाडीलाई लक्षित गर्दै प्रहार गरेको गोली खानको खुट्टामा लागेको छ ।गोली प्रहारपछि खानलाई गाडीमा हालेर अस्पताल लगिँदै ।
उनलाई वाजिरावादमा गोली प्रहार गरिएको पीटीआई का नेता फवाद चौधरीलाई उद्धृत गर्दै पाकिस्तानी समाचार संस्था डनले लेखेको छ ।
गोली लागी घाइते भएका खानलाई उपचारका लागि अस्पताल पुर्याइएको छ । उनी खतरामुक्त रहेको चिकित्सकहरूले जनाएका छन् ।
खान अमेरिका र पाकिस्तानी सेनासँग मिलेर नयाँ सरकारले आफूलाई सत्ताच्युत गरेको भन्दै निरन्तर प्रदर्शनमा सहभागी हुँदै आएका छन् । उनले सरकारको राजीनामा माग गर्दै आयोजना गर्ने विरोध प्रदर्शनमाथि सरकारले दमन गर्ने गरेको छ ।