नेभिगेसन मेनु

बङ्गलादेशमा कार्यालय समय पुनः आठ घण्टा बनाइयो
सम्पादक:南亚网络电视
समय:2022-11-01 11:47

Bangladesh-Flag-760x500

बङ्गलादेश सरकारले विद्युत् अभावका कारण यसअघि गरिएको परिवर्तनपछि सोमबार पुनः नोभेम्बरदेखि कार्यालय समय परिवर्तन गरेको छ ।

प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको मन्त्रीपरिषद्का सचिव खण्डकर अनवारुल इस्लामले सञ्चारकर्मीलाई जानकारी दिए ।

उनकाअनुसार यसअघि सरकारी कार्यालय र स्वायत्त संस्था बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म सात घण्टा चलाउँदै आइएका थियो तर यसमा परिवर्तन गरी बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म आठ कार्यालय समय तोकिएको छ ।

अधिकारीका अनुसार नयाँ कार्यतालिका नोभेम्बर १५ देखि लागू हुनेछ । सर्वोच्च अदालत, बंगलादेश बैंक र विद्यालय तथा कलेज प्रशासनले आ–आफ्नो कार्यतालिका तय गर्नसक्ने उनले बताए ।

इन्धन अभावको सामना गरिरहेको बङ्गलादेशले विद्युत् बचत गर्न र ट्राफिक जाम कम गर्न गत अगष्टमा सरकारी कार्यालयको समय एक घण्टा घटाएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर