नेभिगेसन मेनु

भारतको गुजरातमा पुल भाँचिदा कम्तीमा ६० जनाको मृत्यु
सम्पादक:南亚网络电视
समय:2022-10-31 11:36

gujrat-pul-760x381

भारतको गुजरातमा आइतबार साँझ पुल भाँचिदा कम्तीमा ६० जनाको मृत्यु भएको छ । एनडीटिभीका अनुसार मोर्बी सहरस्थित माचु नदीको पुल भाँचिएको हो । पुल भाँचिएपछि सयौं मानिसहरू नदीमा खसेर डुबेका छन् । पुलमा दुर्घटना हुने बेला करिब ४ सय मानिसहरू त्यहाँ थिए ।

स्थानीय अधिकारीहरूले भने दुर्घटनामा परेकाहरूको उद्धार प्रयास गरेको बताएका छन् । भारतीय संचारमाध्यमकाअनुसार उक्त पुल मर्मत गरी पुनः सञ्चालनमा आएको केही दिनपछि नै भाँचिएको हो ।

भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले उक्त घटनाप्रति दुःख व्यक्त गर्दै तत्काल कदम चाल्ने बताएका छन् । रातको समय भएकाले उद्दारमा कठिनाई भएको अधिकारीहरुले बताएका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर