नेभिगेसन मेनु

पूर्व मुख्यमन्त्री यादवको आज अन्तिम संस्कार गरिने
सम्पादक:南亚网络电视
समय:2022-10-11 12:04

mulayam_aT9Jbwu7Y6

समाजवादी पार्टीका संस्थापक तथा उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री मुलायम सिंह यादवको आज सैफईमा अन्तिम संस्कार गरिने भएको छ ।

मुलायम सिंह यादव केही दिनदेखि गुरुग्रामको मेदान्त अस्पतालमा उपचाररत थिए । उनको सोमबार बिहान ८:१६ बजे निधन भएको हो । मंगलबार दिउँसो ३ बजे सैफईमा उनको अन्तिम संस्कार गरिने समाजवादी पार्टीको आधिकारिक ट्विटर ह्यान्डलबाट जानकारी दिइएको छ । 

यादवको शव सोमबार दिउँसो नै मेदान्ता अस्पतालबाट जन्मभूमि सैफई ल्याइएको थियो । यादवको शव सैफई लगेपछि राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ पनि उनको अन्तिम दर्शनका लागि पुगेका थिए । उनीबाहेक प्रदेशका सबै चर्चित नेताहरु पनि सैफई पुगेका थिए ।

समाजवादी पार्टीले ट्वीट गर्दै मुलायम सिंह यादवको अन्तिम दर्शनका लागि उनको पार्थिव शरीर मंगलबार बिहान १० बजे सैफई मेला मैदानको पण्डालमा राखिने जनाएको छ । यसपछि दिउँसो ३ बजे उनको अन्त्येष्टि गरिने छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर