नेपाल र चीनबीच हस्ताक्षर भएको ६ बुँदे समझदारीपत्रमा के छ ?
सम्पादक:南亚网络电视
समय:2022-09-13 12:11

agni-and-li-china-696x395

agni-and-li-china-696x395

नेपाल र चीनबीच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ । सोमबार अपरान्ह नेपाल आइपुगेका चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु र नेपालको प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाबीच ६ बुँदे सम्झौता भएको हो ।

उक्त समझदारीपत्रमा नेपालका तर्फबाट संघीय संसदको नेतृत्व गरेका सभामुख अग्निप्रसाद सापकोटा र चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चाङ्सुले हस्ताक्षर गरेका हुन्।

समझदारीअनुसार दुवै पक्षले एकअर्काको विधायकी, सुपरिवेक्षकीय र शासन सञ्चालनसम्बन्धी अभ्यासबारे जानकारी आदानप्रदान गर्ने भएका छन्। दुई संसदबीचको समझदारी पत्रमा चीनले अघि बढाएको महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएभिडबारे पनि उल्लेख गरिएको छ।

‘दुई सरकारबीच सहमति भएबमोजिम बेल्ट एण्ड रोड इनिसियटिभमार्फत समेत दुई राष्ट्रहरूबीच अन्तरआवद्धता अभिवृद्धि गरी पारस्परिक लाभको सहयोगमा सहजीकरण गर्न महत्व दिनेछन्’, समझदारी पत्रको पाँचौँ बुँदामा भनिएको छ।

त्यसैगरी समझदारी पत्रमा दुवै पक्ष साझा हितको विषयमा इन्टर पार्लियामेण्टरी युनियन लगायत अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संसदीय संगठनहरुको खाका अन्तर्गत सहयोग सुदृढ गर्न सहमत भएको पनि उल्लेख छ।

हेर्नुस् सहमति पत्र

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर