नेभिगेसन मेनु

रूस, चीन र पाकिस्तानसँगको क्षेत्रीय शिखर सम्मेलनमा मोदी सहभागी हुने
सम्पादक:南亚网络电视
समय:2022-09-12 11:55

modi-1-760x500

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उज्बेकिस्तानमा आयोजना हुने क्षेत्रीय शिखर सम्मेलनमा भाग लिने भएका छन् । रूसका अनुसार सम्मेलनमा भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच आमनेसामने वार्ता हुने भएको छ ।

चीन, रूस, मध्य एसियाका चार देश कजाकिस्तान, किर्गिस्तान, उज्बेकिस्तान र ताजिकिस्तान, भारत र पाकिस्तान सम्मिलित साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को सम्मेलन आगामी सेप्टेम्बर १५ र १६ मा उज्बेकिस्तानको समरकन्दमा हुने भएको हो । बुधबार चीनका लागि रूसका राजदूतले पुटिन र सीबीच शिखर वार्तामा भेट हुने बताएका थिए ।

यो कोरोना भाइरस महामारीको सुरुवाती दिनदेखि चिनियाँ नेताको पहिलो विदेश भ्रमण हुनेछ । बेइजिङको विदेश मन्त्रालयले तत्काल उक्त बैठकको पुष्टि गरेको छैन र एक प्रवक्ताले नियमित पत्रकार सम्मेलनमा यस विषयमा ‘कुनै जानकारी उपलब्ध गराउन नसकिने’ बताए ।

भारत सरकारले पनि आइतबार जारी गरेको वक्तव्यमा मोदीले पुटिन, सी वा गत अप्रिलमा पाकिस्तानी प्रधानमन्त्री बनेपछि पहिलो पटक शहबाज सरिफसँग द्विपक्षीय वार्ता गर्ने वा नगर्ने भन्ने बारे केही बताएको छैन ।

चीनले जस्तै भारतले पनि युक्रेनमाथि मस्कोको आक्रमणसम्बन्धमा समर्थन वा विरोधमा केही कोलेको छैन भने रूसी तेलको खरिद बढाएको छ । सन् २०२० मा चीनसँगको विवादित सीमाक्षेत्रमा भएको झडपमा कम्तीमा २० भारतीय र चार चिनियाँ सैनिकको मृत्यु भएपछि भारत र चीनबीचको सम्बन्धमा केही चिसोपन आएको थियो ।

मोदी र सीबीच सन् २०१९ यता द्विपक्षीय वार्ता भएको छैन । भारत संयुक्त राज्य अमेरिका, जापान र अष्ट्रेलियासँगै तथाकथित क्वाडको एक हिस्सा पनि हो, जुन समूहलाई चीनविरुद्ध एक सुरक्षाकवचको रूपमा हेरिने गर्छ ।

1661578967548

 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर