भारतमा १३ हजार भन्दा कम कोरोना सङ्क्रमित
समय:2022-08-10 04:00

नयाँ दिल्ली । भारतमा एक दिनमा १३ हजार भन्दा कम कोरोना भाइरस सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले मङ्गलबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १२ हजार ७५१ नयाँ सङ्क्रमित भएका हुन् ।

हिजो प्रकाशित तथ्याङ्कअनुसार आइतबार यहाँ १६ हजार १६७ व्यक्ति सङ्क्रमित भएका थिए । यसैसँगै भारतमा हाल कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ४१ लाख ७४ हजार ६५० सङ्घीय स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको छ । भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख ३१ हजार ८०७ रहेको छ ।

यहाँ कोरोना सङ्क्रमणबाट बितेको २४ घण्टामा ४२ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २६ हजार सात सय ७२ व्यक्तिको मृत्यु भइसकेको छ । यहाँ कूल चार करोड ३५ लाख भन्दा बढी कोरोनामुक्त भएका छन् । एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म २ अर्ब ६ करोड ५७ लाख भन्दा बढी मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएबाट हालसमम ८७ करोड ८० लाख भन्दा बढी व्यक्तिको कारोना भाइरस परीक्षण भएको जनाइएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर