नेभिगेसन मेनु

अमेरिकी सभामुखको ताइवान भ्रमणप्रति चीनको आपत्ति, अमेरिकी राजदूत बोलाएर विरोध
समय:2022-08-03 03:44

चीनको विदेश मन्त्रालयले बेइजिङस्थित अमेरिकी राजदूत निकोलश बर्न्सलाई बोलाएर अमेरिकी सभामुख न्यान्सी पलोसीको ताइवान भ्रमणबारे विरोध जनाएको छ ।

चिनियाँ उप–विदेशमन्त्री से फेङले पलोसी भ्रमणको प्रकृति खराब भएको भन्दै गम्भीर परिणामको चेतावनी दिएका छन्। उनले चीन चुप नबस्ने बताए । मङ्गलबर अबेर ताइवान पुगेकी पलोसी बुधबर त्यहाँको संसद्मा पुगेकी छिन्। उनले ताइवानका राष्ट्रपतिसँग पनि भेट गर्नेछिन् ।

अमेरिकी संसद्कको तल्लो सदनकी सभामुख पलोसी मङ्गलबार ताइवान पुगेपछि चीनले ताइवानमाथि सम्भावित बल प्रयोग गर्नसक्ने भन्दै ताइवानले त्यसको तयारी गरिरहेको छ । पलोसीको भ्रमणलाई ह्वाइट हाउसले समर्थन गरेको छैन। तर उनको भ्रमण दशकौँमा भएको उच्च अमेरिकी अधिकारीको पहिलो भ्रमण हो ।

पलोसी अमेरिकी सरकारको तेस्रो बरियताकी उच्च अधिकारी हुन् र उनी बेइजिङको लामो समयदेखि आलोचक रहँदै आएकी छन् । चीनले उक्त भ्रमणविरुद्ध बारम्बार चेतावनी दिँदै आएको छ । उसले उक्त भ्रमणका लागि अमेरिकाले मूल्य चुकाउनुपर्ने चेतावनी पनि दिएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर