नेभिगेसन मेनु

श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा नदिएसम्म प्रदर्शनकारीले निवास नछाड्ने
समय:2022-07-11 03:35

श्रीलङ्कामा प्रदर्शनकारीले राष्ट्रपति र प्रधानमन्त्री दुवैले औपचारिक रूपमा राजीनामा नगरेसम्म उनीहरूका निवास नछाड्ने बताएका छन् । राष्ट्रपति गोटाबय राजपक्षले १३ जुलाईमा पद छाड्ने जनाएका सभामुखले शनिबार घोषणा गरेका थिए । राष्ट्रपति भने सार्वजनिक रूपमा देखिएका वा आफ्नो धारणा व्यक्त गरेका छैनन् ।

उनी हाल श्रीलङ्काको जलक्षेत्रमा नौसेनाको जहाजमा रहेको सैनिक स्रोतले बीबीसीलाई बताएको छ । पूर्व प्रधानमन्त्री महिन्दा राजपक्ष देशका नौसैनिक आधार शिविरमा भएको बताएको छ । महिनौँदेखि जारी विरोध प्रदर्शनपछि राष्ट्रपतिको राजीनामा माग गर्दै, शनिबार राजधानी कोलम्बोमा दशौँ हजार मानिसको भीड लागेको थियो ।

उनलाई देशको कमजोर आर्थिक व्यवस्थापनको लागि दोषी ठहराइएको छ जसका कारण त्यहाँ महिनौँदेखि खाद्यान्न, इन्धन र औषधिको अभाव भएको छ। वर्तमान प्रधानमन्त्री रनिल विक्रमासिङ्गले पनि शनिबारको विरोध प्रदर्शनसँगै निजी निवासमा आगो लगाइएपछि राजीनामा दिने बताएका छन् ।

तर प्रदर्शनकारीहरूले यी नेताहरूको नियतप्रति शङ्का गरिरहेका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले श्रीलङ्काको कुनै पनि नयाँ सरकारले तत्काल दीर्घकालीन आर्थिक स्थायित्वमा ध्यान केन्द्रित गर्नुपर्ने बताए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर