नेभिगेसन मेनु

नवनियुक्त नेपाली राजदूत श्रेष्ठलाई स्वागत गर्न चीन आतुर
समय:2022-07-01 03:39

काठमाडौँ । चीनले नवनियुक्त नेपाली राजदूत विष्णुपुकार श्रेष्ठलाई स्वागत गर्न तयार रहेको बताएको छ । चीनको परराष्ट्र मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता चाउ लि च्यानले चीन नयाँ नेपाली राजदूतलाई बेइजिंगमा स्वागत गर्न तयार रहेको बताएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा हालै चीनका लागि नयाँ नेपाली राजदूत नियुक्त गरिएको बारेमा फोनिक्स टेलिभिजनका पत्रकारले चीन सरकारको प्रतिक्रिया के रहेको छ भनेर जिज्ञाशा राखेका थिए । पत्रकारकाे जवाफमा प्रवक्ता चाउले नयाँ राजदूतले सक्दाे चाडो बेइजिङगमा पदभार ग्रहण गर्ने आशासमेत व्यक्त गरेका छन् ।

दुवै देशका उच्च नेताहरुले गरेका सहमतिलाई कार्यान्वयन गर्दै व्यवहारमा उतार्न आपसी राजनीतिक विश्वास र पारस्परिक सहयोगलाई मजबूत बनाउँदै जाने आशामा चीन रहेको उल्लेख गर्दै प्रवक्ताले भने, जसबाट दुबै मुलुकबीचको मैत्रीपूर्ण रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन प्रवर्द्धन गर्न सकिन्छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर