नेभिगेसन मेनु

पुटिनलाई युक्रेनका राष्ट्रपतिसँग सिधा वार्ता गर्न मोदीको सुझाव
समय:2022-04-12 04:03

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युद्धरत रुस र युक्रेनका राष्ट्रपतिसँग कैयन पटक टेलिफोन वार्ता गरेको बताएका छन् । भारतीय प्रधानमन्त्री कार्यालयले टेलिफोन वार्ताका क्रममा मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनका राष्ट्रपतिसँग सिधा वार्ता गर्न पनि सुझाव दिएको ट्वीटरमार्फत जानकारी दिएको छ ।

टेलिफोन वार्ताका क्रममा मोदीले दुबै देशका राष्ट्रपतिसँग शान्तिका लागि अपील मात्र नगरी पुटिलाई सिधै युक्रेनका राष्ट्रपतिसँग वार्ता गर्न पनि सुझाव दिएको प्रधानमन्त्री कार्यालयको भनाइ छ ।

उनले भने,‘मैले युक्रेन र रुसका दुबै राष्ट्रपतिसँग कैयन् पटक फोनवार्ता गरेको छु । मैले शान्तिको लागि अपील मात्रै गरेको छैन । पुटिनलाई युक्रेनका राष्ट्रपतिसँग सिधा वार्ता गर्न पनि सुझाव दिएको छु ।’ युक्रेनको विषयमा भारतीय संसदमा पनि निकै छलफल भएको मोदीको भनाइ छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर