नेभिगेसन मेनु

मोदीलाई भुटानको सर्वोच्च नागरिक सम्मान
समय:2021-12-18 03:42

थिम्पु — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भुटानको सर्वोच्च नागरिक पुरस्कार 'नगाडाग पेल गी खोर्लो'बाट सम्मानित भएका छन् । भुटानको राष्ट्रिय दिवसको अवसरमा शुक्रबार भुटानले यस्तो सम्मान प्रदान गरेको हो ।

भुटानका प्रधानमन्त्री लोटे छिरिङले 'सर्वोच्च नागरिक सम्मान नगाडाग पेल गी खोर्लोका लागि महामहिम मोदीजीको नाम सुन्न पाउँदा खुसी लागेको' प्रतिक्रिया दिएका छन् ।

मोदीलाई यस सम्मानका लागि योग्य भन्दै भुटानी जनताले बधाइ दिएको पनि प्रधानमन्त्री छिरिङले जनाएका छन् । उक्त सन्दर्भमा प्रधानमन्त्री कार्यालयबाट जारी विज्ञप्तिमा मोदीलाई महान आध्यात्मिक मानवको रुपमा मोदीको प्रशंसा गरिएको छ ।

प्रधानमन्त्री छिरिङले राष्ट्रिय दिवसको अवसरमा भुटानी जनतालाई बधाइसमेत दिएका छन् । सन् १९४९ को अगस्टमा दुई देशले एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने भन्दै मैत्रीपूर्ण सन्धिमा हस्ताक्षर गरेका थिए ।

यद्यपि भुटानले आफ्नो विदेश नीति मार्गदर्शन गर्नका लागि भारतलाई अनुमति दिएको छ । साथै विदेश र रक्षा मामिलाबारे दुई देशले आपसी परामर्श गर्ने बताइएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर