नेभिगेसन मेनु

चीनले मौसम नियन्त्रण गरेको खुलासा
समय:2021-12-07 04:39

बेइजिङःचिनियाँ मौसम अधिकारीहरुले सफलतापूर्वक चीनको मौसम नियन्त्रण गरेको खुलेको छ। देशको मुख्य राजनीतिक समारोहका लागि मौसम अनुकूल बनाउन मौसमविद्हरु सफल भएको एक अध्ययनले खुलाएको हो।

यस वर्षको सुरुवात अर्थात् जुलाई १ मा चिनियाँ कम्युनिष्ट पार्टीले मुख्य राजनीतिक समारोह आयोजना गरेको थियो। तियनामेन स्क्वायरमा आयोजित सो समारोहमा १० हजारभन्दा बढी मानिसहरु सहभागी बनेका थिए।

मौसम खराबीका कारण सो समारोह बिग्रन नदिन र समारोहको दिन आकाश सफा बनाउन त्यहाँको मौसम नियन्त्रणमा राखिएको बेइजिङ युनिभर्सिटीको एक अध्ययनले खुलासा गरेको छ। सिंघाउ युनिभर्सिटीको अध्ययनअनुसारसमारोह सुरु हुनुभन्दा एकघण्टा अघि नै मौसमविद्हरुले सो क्षेत्रको बादल अन्यत्र पठाएका थिए भने मौसम खराब हुनबाट रोक्न सफल बनेका थिए।

चीन सरकारले क्लाउड सिडिङ टेक्नोलोजिबाट मौसम नियन्त्रण गर्ने गरेको बताइएको छ। चीनले सन् २००८ को ओलम्पिक्समा सो टेक्नोलोजी प्रयोग गरेको थियो। जसमा कम्तीमा खर्बौ डलर खर्च गरेको बताइएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर