आगामी २०२२ मा कतारमा हुने विश्वकप फुटबलका लागि एशियाली छनौट खेलमा चीनले अष्ट्रेलियासँग बराबरी खेलेको छ ।
गएराति भएको खेलमा चीनले अष्ट्रेलियासँग ११ गोलको बराबरी खेलेको हो । खेलको सुरुवाती चरणमा अष्ट्रेलियाका लागि मिचेल डुकले गोल गरेका थिए । तर खेलको ७० औं मिनेटमा चीनले पेनाल्टी मार्फत गोल फर्काएपछि बराबरी भएकाे थियो । चीनका लागि वु लीलेगोल गरेका थिए ।
त्यसयता दुवै टोलीले कुनै पनि गोल गर्न सकेका थिएनन् । यो सँगै दुवै टीमले ११ अंक बाँडेका छन् ।
यो खेलसँगै अस्ट्रेलियाले ६ खेलबाट ११ अंक बनाउँदै समूह बीको तेस्रो स्थानमा रहेको छ । ६ खेल नै खेलेको चीनले ५ अंक जोडेर पाँचाै स्थानमा रहेको छ ।