नेभिगेसन मेनु

श्रीलंका र दक्षिणी भारतमा भारी वर्षाले ३४ जनाको मृत्यु
समय:2021-11-12 03:55

श्रीलंकाको तट र दक्षिण भारतीय राज्य तमिलनाडुमा भारी वर्षाका कारण कम्तिमा ३४ जनाको मृत्यु भएको छ। वर्षाले हजारौं घरहरू ध्वस्त भएका छन् र यातायात ठप्प भएको अधिकारीहरूले बताएका छन्।

श्रीलंकामा हालैका दिनहरूमा वर्षाका कारण २० व्यक्तिको मृत्यु भएको छ जसमध्ये धेरैजसो डुबेर मरेका छन भने पाँच जना पहिरोमा घाइते भएका छन्।

भारतको तमिलनाडुमा भारी वर्षाको कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ। अधिकारीहरूले यसअघि बाढीमा परी पाँच जनाको मृत्यु भएको बताएका थिए।

त्यहाँ राज्यभर १३ सय भन्दा बढी घरमा क्षति पुगेको विभागले जनाईएको छ। चेन्नई र वरपरका क्षेत्रहरूमा बिजुली अबरुध्द भएको छ। यस क्षेत्रमा एक लाख एकडभन्दा बढी बालीमा पनि क्षति पुगेको छ। चेन्नईमा भारी वर्षाको कारण बाढीले सहर ठप्प छ।

तमिलनाडु र छिमेकी आन्ध्र प्रदेश राज्यको दक्षिणी तटमा बङ्गालको खाडीमा बनेको न्यून चाप यस क्षेत्रतर्फ सर्ने क्रममा थप भारी वर्षाको सम्भावना रहेको भारतको मौसम विज्ञान विभागले जनाएको छ।

विभागले तमिलनाडु र आन्ध्र प्रदेशका केही भागहरूमा रेड अलर्ट जारी गरेको छ। माछा मार्नेहरूलाई समुद्रमा नजान आग्रह गरिएको छ।

तमिलनाडु राज्यका अधिकारीहरूले तल्लो क्षेत्रबाट सयौं मानिसहरूलाई बाहिर निकालेका छन। वर्षाबाट प्रभावितहरूलाई राशन र खाना वितरण गरिएको छ। 

 तमिलनाडु राज्यका मुख्यमन्त्री एम के स्टालिनले ट्वीटरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई राष्ट्रिय प्रकोप राहत कोषबाट कोष जारी गर्न अनुरोध गरेका छन। उनले पहिले छुट्याएको पैसा सकिएको बताएका छन।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर