नेभिगेसन मेनु

तीन वर्षपछि रिहा भईन् हुवावेकी कार्यकारी वानजाउ
समय:2021-09-25 06:05

चिनियाँ कम्पनी हुवावेकी कार्यकारी प्रमुख मेङ वानजाउ तीन वर्षपछि नजरबन्दबाट रिहा भएकी छिन् । अमेरिकाले ठगीको आरोप लगाउँदै पक्राउ गर्न अनुरोध गरेपछि क्यानडाले सन् २०१८ को डिसेम्बरमा वानजाउलाई पक्राउ गरेर मुद्दा चलाएको थियो । तर पुनरावलोकनको निवेदनमा सुनुवाइ गर्दै अमेरिकी अदालतले वानजाउलाई रिहा गरेपछि उहाँ क्यानडाबाट विशेष विमानमार्फत चीन प्रस्थान गरेको बीबीसीले जनाएको छ ।

अमेरिकाको आग्रहमा हुवावेकी कार्यकारीलाई पक्राउ गरेर जेल चलान गरेपछि रुष्ट बनेको चीनले दुई जना क्यानडेली नागरिकलाई पक्राउ गरेर हिरासतमा राखेको थियो । तर पछिल्लो समय चीन र क्यानडाका अधिकारीबीच भएको बैठकले विवाद कम गर्दै लैजाने सहमति गरेपछि चीनले पनि क्यानडाका दुई जना नागरिकलाई रिहा गरको छ ।

उनीहरु आजै स्वदेश फर्कनेछन् । हुवावेकी कार्यकारीलाई क्यानडाले पक्राउ गरेको र दुई जना क्यानेडेली नागरिकलाई चीनले पक्राउ परेको विषयले उत्कर्षमा पुगेको अमेरिका, क्यानडा र चीनको सम्बन्धमा अब सुधार आउने अपेक्षा गरिएको समाचार संस्था एएफपीले जनाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर