नेभिगेसन मेनु

भारतमा २४ घण्टामा २८ हजारभन्दा बढी सङ्क्रमित थपिए
समय:2021-08-11 04:43

भारतमा कोरोना भाइरसबाट एकैदिनमा थप २८ हजार २०४ जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले दिएको जानकारी अनुसार गत १४७ दिनयता एकै दिनमा सङ्क्रमित भएका यो सबभन्दा कम संख्या हो । 

अघिल्ला दिनको तुलनामा दैनिक सङ्क्रमितको सङ्ख्यामा क्रमशःकम हुँदै आएको स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ।

भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या तीन करोड १९ लाख ९८ हजार १५८ पुगेको अधिकारीले सोमबार जानकारी दिएका छन्।

मन्त्रालयका अनुसार अहिले भारतमा सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ८८ हजार ५०८ रहेको छ। अघिल्लो दिनको तुलनामा यो सङ्ख्या घटेको छ। थपिएका सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या बढी भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या घटेको हो। 

पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या ४१ लाख ५११ रहेको छ। योसँगै भारतमा अहिलेसम्म तीन करोड ११ लाख ८० हजार ९६८ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। कूल सङ्क्रमितमध्ये अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या ९७।४५ प्रतिशत हो।

भारतमा कोरोना भाइरसका कारण पछिल्लो एक दिनमा ३३७ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कूल मृतकको सङ्ख्या चार लाख २८ हजार ६८२ पुगेको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर