नेभिगेसन मेनु

अन्तर्राष्ट्रिय विमानस्थल बमले उडाउने धम्की, बढाईयो सुरक्षा
समय:2021-08-09 03:58

भारतमा आतंकवादी हमला हुन सक्ने चेतावनी आएको छ । नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थललाई बमले उडाउने धम्की आएको हो । त्यहाँका सरकारी अधिकारीहरुका अनुसार आतंकवादी समूह अल कायदा सरगनाको नामबाट धम्की आएको हो । 

अल कायदा समूहबाट विमास्थललाई बमले उडाउने धम्कीसहितको इमेल एयरपोर्ट अपरेसन कन्ट्रोललाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

सेक्यूरिटी अपरेसन सेन्टरले सबै सम्बन्धी एजेन्सीलाई यसबारे जानकारी गराइसकेको छ । साथै आफ्नो स्टाफलाई अलर्टमा राखेको छ । जाँचमा कडाइ गर्नुका साथै पेट्रोलिङ पनि बढाइएको छ । यसअघि अप्रिल १८ मा दिल्ली विमानस्थलमा एक विमानलाई बमले उडाउने धम्की प्राप्त भएको थियो ।

त्यतिबेला बैङ्गलुरुदेखि दिल्ली आउने विमान एक यात्रुले उक्त पर्चा भेटेका थिए । जसमा विमानमा बम भएको लेखिएको थियो । त्यस्तै, दिल्ली पुग्ने बित्तिकै विमानमा विस्फोट हुने उल्लेख थियो । विमान दिल्ली पुग्ने बित्तिकै बम डिस्पोजल स्क्वाडले जाँच गरे पनि बम फेला परेन । २० जुलाईदेखि राजधानीमा हाई अलर्ट जारी छ ।

जासुसी एजेन्सीहरुले १५ अगस्तअघि ड्रोनको माध्यमबाट आतङ्कवादी हमला हुन सक्ने बताएका छन् ।

अहिले त्यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर