नेभिगेसन मेनु

होटल भवन भत्किँदा मृत्यु हुनेको संख्या १७ पुग्यो
समय:2021-07-15 04:01

चीनको पूर्वी प्रान्त जियान्सुको सुजोउ भन्ने स्थानमा सोमबार एक होटलको भवन भत्किँदा त्यसमा रहेकामध्ये मृत्यु हुनेको संख्या १७ पुगेको बताइएको छ ।

त्यस दुर्घटनामा परी सोमबार मात्र आठ जना नागरिकको ज्यान गएको बताइएको थियो । सोमबार अपरान्ह भत्किएको सो भवनमा थप नौ जना हराइरहेका बताइएको थियो । जियान्सु प्रान्तका अधिकारीहरुले बुधबार उक्त भवनमा परेर हराइरहेका मध्ये थपको ज्यान गएकोले त्यसमा परेर ज्यान गुमाउनेको संख्या १७ पुगेको बताइएको हो ।

सोमबार अपरान्ह सो भवन भत्किँदा त्यसमा रहेका करिब २३ जना नागरिक च्यापिएका थिए । तीमध्ये आठ जनाको निधन भएको र अरु हराइरहेका चिनिया अधिकारीहरुले मंगलबार जनाएका थिए ।

त्यसमा च्यापिएकाहरुको उद्धारका लागि सुरक्षाकर्मी तथा अन्य उद्धारकर्मीहरुले काम गरिरहेका छन् । त्यसैगरी सो भवन के कति कारणले भत्किएको हो भन्ने बारेमा अनुसन्धान शुरु भएको पनि प्रहरीले जानकारी दिएको छ ।

उक्त होटलको भवन के कसरी निर्माण गरिएको थियो भन्ने बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । भवनमा परेकाहरुमध्ये पाँच जनाको सकुशल उद्धार गरिएको बताइएको छ ।

चिनियाँ अधिकारीहरुले बुधबार बिहान ९ बजे उक्त उद्धार कार्यको अन्त्य भएको बताएका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर