नेभिगेसन मेनु

भारतमा चट्याङ पर्दा ६८ जनाको मृत्यु
समय:2021-07-13 04:17

भारतमा चट्याङ पर्दा ६८ जनाको मृत्यु भएको छ। भारतको उत्तर प्रदेश, मध्यप्रदेश तथा राजस्थानका विभिन्न स्थानमा चट्याङ लागेर ६८ जनाको मृत्यु भएको हो। 

उत्तर प्रदेशको अलग अलग जिल्लामा मात्र मृतकको संख्या ४१ पुगेको छ। यूपी सरकारका अनुसार प्रयागराजमा सबैभन्दा धेरै १४ जनाको मृत्यु भएको छ। कानपुर र फतेहपुरमा १० जनाको, कौशाबीमा ४ जनाको, फिरोजाबादमा ३ जनाको , उन्नाव हमीरपुर र सोनभद्रमा २ २ जनाको मृत्यु भएको छ। 

२२ जना घाइते हुँदा २ सय भन्दा धेरै चौपाया मरेका छन्। त्यस्तै राजस्थानमा २० जनाको मृत्यु भएको छ। राजस्थान सरकारले मृतकका परिवारलाई ५ लाख क्षतिपूर्ति दिने जनाएको छ। चट्याङलागेर दर्जनौं पशु चौपाया मरेका छन्। मध्यप्रदेशमा चट्याङ लागेर ७ जनाको मृत्यु भएको छ। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर