नेभिगेसन मेनु

भब्य मनाइयो चिनियाँ कम्युनिष्ट पार्टीको १००औं स्थापना दिवस
समय:2021-07-02 04:00

चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको १००औँ वार्षिकोत्सवको अवसरमा आज बिहान चीनको बेइजिङस्थित थेनआनमन चोकमा भव्य समारोहको आयोजना गरियो।

सो अवसरमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष, सी चिनफिङले सम्बोधन गर्दै कसैले पनि चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनतालाई छुट्ट्याउन नसक्ने दृढता व्यक्त गरेका थिए।

माओत्सेतुङको चित्र रहेको स्थलको माथिको बाल्कोनीबाट बोल्दै चिनियाँ कम्युनिष्ट पार्टीले चीनलाई 'शोषणकारी' सामन्ती प्रणालीबाट स्वतन्त्र पारेको, 'समाजवादी बजार अर्थतन्त्र' जीवनशैलीका साथ सिर्जना गरेको र पूर्ण गरिबी हटाउने दृढता व्यक्त गरेका थिए।

चिनियाँ कम्युनिष्ट पार्टीको सन १९२१ मा साँघाईमा स्थापना भएको थियो। १ घण्टाभन्दा बढी गरिएको सम्बबोधनका क्रममा राष्ट्रपति सीले केवल समाजवादले चीनलाई बचाउन सक्ने तथा चिनियाँ विशेषतासहितको समाजवादले मात्र चीनको विकास गर्न सक्ने कुरामा जोड दिएका थिए।

चिनियाँ कम्युनिष्ट पार्टीले सन् १९४९ मा देशको गृहयुद्धमा राष्ट्रवादीहरूलाई पराजित गरेको थियो। चीनका नेता माओत्सेतुङ्गले जनतालाई गरिबीबाट निकाल्ने उद्घोषका साथ न गणतन्त्र चीनको घोषणा गरेका थिए।

चीन अब विश्वको दोस्रो सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुकका रुपमा स्थापित भएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर