जम्मु कास्मिरमा सैनिक इलामा ड्रोन हमलाको प्रयास गरिएको छ। एयरफोर्स स्टेशनमा एक दिनअघि ड्रोन हमला गरिएको थियो। जसबाट सेनाका दुई जना जवान सामान्य घाइते भएका छन्। आइतबार राति साढे १ बजे पाँच मिनेटभित्र दुई वटा ड्रोन हमला गरिएको भारतीय अधिकारीहरुले जनाएका छन्।
सैनिक क्षेत्रमा पनि ड्रोन देखिएपछि सेनाले फायरिङ गरेको बताइएको छ। भारतीय अधिकारीका अनुसार २०-२५ पटक सेनाले फायरिङ गरेको थियो।
पछिल्लो समय आतंकवादीहरुले ड्रोनबाट हमला सुरु गरेका छन्। यो हमलालाई पनि आतंकवादी हमलाकै संज्ञा दिएको भारतीय अधिकारीहरुले जनाएका छन्।
घटनाला एनआइएले अनुसन्धान गरिरहेको छ।