नेभिगेसन मेनु

हवाइ हमलामा कम्तिमा ८० जना मारिएको आशंका
समय:2021-06-24 05:21

अफ्रिकी मुलुक इथियोपियामा वायु सेनाको कारबाहीमा कम्तिमा ८० जना मारिएको आशंका गरिएको छ।

इथियोपियाको उत्तरी तिग्रे प्रान्तमा गरिएको हवाइ हमलामा थुप्रै घाइते भएका छन् । इथियोपियाली सेनाले विद्रोहीहरुबाट बढेको सुरक्षा खतरा तटस्थ बनाउन हवाई हमला गरेको जनाएको छ।

टिग्रे प्रान्तको राजधानी मेकेल्लेबाट २५ किलोमिटर टाढा टोगोगा शहरको व्यस्त बजारमा हवाई हमला गरिएको हो।

सर्वसाधारणमाथि लक्षित गरी हवाई हमला नगरेको सेनाले स्पष्ट पारेको छ। संयुक्त राष्ट्रसंघले भने घटनाको छानबीन गर्न माग गरेको छ।

इथियोपियामा विद्रोहीहरुले हालैका दिनमा आतंकबादी घटनाहरु गर्दै आएका कारण सरकारले उक्त क्षेत्रमा हवाइ कारवाही तीव्र पारेको जनाएको छ।

आक्रमणलगत्तै रेडक्रसलगायतका सहायता संस्थाहरुले घाइतेहरुको उद्धार गरेका छन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर