नेभिगेसन मेनु

भारतमा थप ९३ हजार ८ सय बढीमा कोरोना संक्रमण, निको कति भए ?
समय:2021-06-10 04:04

भारतमा पछिल्लो २४ घण्टामा थप ९३ हजार ८ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएकोे छ । योसंगै कुल संक्रमित संख्याका २ करोड ९१ लाख नाघेको छ। दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा एकैदिन अहिलेसम्मकै धेरै ६ हजार १३८ संक्रमितको मृत्यु भएको छ 

कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको कुल संख्या ३ लाख ५९ हजार नाघेको छ। संक्रमितमध्ये २ करोड ७६ लाखभन्दा बढी निको भइसकेका छन् भने ११ लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन्।

विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तीन करोड ४२ लाखभन्दा बढी संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा त्यहाँ करिब १३ हजार संक्रमित थपिएका छन् भने ४४४ जनाको मृत्यु भएको छ।

तेस्रोमा रहेको ब्राजिलमा करिब एक करोड ७१ लाख संक्रमित रहेका छन्। त्यहाँ पछिल्लो २४ घण्टामा ८७ हजारभन्दा बढी संक्रमित थपिँदा २४ सय ८४ जनाको मृत्यु भएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर