नेभिगेसन मेनु

एकै दिन कोरोनाबाट ४ हजार ५२९ जनाको मृत्यु
समय:2021-05-19 09:43

A relative of a person who died of COVID-19 is consoled by another during cremation in Jammu, India, Sunday, April 25, 2021. Delhi has been cremating so many bodies of coronavirus victims that authorities are getting requests to start cutting down trees in city parks, as a second record surge has brought India's tattered healthcare system to its knees. (AP Photo/Channi Anand)

कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट ठूलो क्षति व्यहोरिरहेको भारतमा विगत २४ घण्टामा थप चार हजार ५२९ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । 

मङ्गलबार त्यहाँ २ लाख ६७ हजार ३३४ जना थप सङ्क्रमित थपिएका छन् । गएको केही दिनयता भारतमा कोरोना सङ्क्रमितको संख्यामा केही कमि आएको भएयता पनि सोमबारको तुलनामा मङ्गलबार केही बढी सङ्क्रमित भएका छन् । 

भारतमा सोमबार कोरोना सङ्क्रमितको संख्या २ लाख ६३ हजार जना मात्र थियो भने मङ्गलबार पुनः २ लाख ६७ हजार ३३४ जना थप सङ्क्रमित भएका छन् । गत सोमबार कोरोना सङ्क्रमितको यो संख्या गत अप्रिल २१ तारिख पछिकै सबैभन्दा कमी भएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जनाएको थियो । 

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा दुई लाख ६७ हजार ३३४ जना नयाँ संक्रमित भेटिएका हुन् ।अप्रिल महिनाको तुलनामा हरेक दिन संक्रमितहरुको संख्या घट्दै गएको देखिएको हो । अघिल्लो महिना यहाँ दैनिक कम्तीमा पनि ४ लाख मानिसमा संक्रमण देखिने गरेको थियो ।  

मन्त्रालयले बुधबार सार्वजनिक भएको यो तथ्यांकसँगै भारतमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म २ लाख ८३ हजार २४८ जनाको ज्यान गएको पनि बताइएको छ । मन्त्रालयका अनुसार कोभिड–१९ संक्रमितको कूल संख्या दुई करोड ५४ लाख ९६ हजार ३३० पुगेको छ ।

 भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु गरेको थियो । सो समयबाट हालसम्म भारतमा १८ करोड ५८ लाख ९ हजार भन्दा बढी खोप लगाईसकेका छन् । 

मङ्गलबार एकै दिनमा भारतमा १३ लाख १२ हजार १५५ जनालाई कोरोनाविरुद्धको खोप लगाएका सरकारी स्रोतले जानकारी दिएको छ । भारतमा सङ्क्रमित व्यक्तिको संख्या दैनिक तीन लाखभन्दा बढी नै देखिए पनि भारत सरकारले देशव्यापी लकडाउन भने नगर्ने जनाएको छ । तर कतिपय शहरमा भने लगाइएको छ ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर