नेभिगेसन मेनु

गंगा नदीमा भेटिए ४० वटा शव, तैरिरहेका शवलाई जनावरहरुले लुछिरहेको दृश्य बाहिरियो
समय:2021-05-12 05:06

`भारतको बिहार स्थित गंगा नदीमा ४० वटा शव भेटिएका छन् । नदीमा शवहरु तैरिरहेको अवस्थामा फेला परेपछी सनसनी मच्चिएको छ । 

बिहारको चौसा प्रखडं स्थित चौसा शमशान गंगा नदीमा तैरिरहेको शवलाई जनावरहरुले लुछिरहेको दृश्य सार्वजनिक भएको हो । 

स्थानीय प्रशासनले शवका बारेमा आफुहरु बेखबर रहेको जनाउँदै घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

चौसा प्रखडं बिकास पदाधिकारी अशोक कुमारले सो शव भारतको उतराखण्डबाट बगेर आएको हुन सक्ने आशंका ब्यक्त गरेका छन् । यद्दपी सो क्षेत्रका स्थानीय बासिन्दा भने कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव गंगा नदीमा फालेको भन्दै बिरोध जनाएका छन् । शवको प्रकृती हेर्दा आधा जलेको अवस्थामा रहेको भन्दै उनीहरुले तैरिरहेको शव ब्यबस्थापन गर्न माग गर्दै गंगा नदीको पवित्रतामा पनि चिन्ता ब्यक्त गरेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर