नेभिगेसन मेनु

भारतमा थप ३ लाख ८२ हजार बढीमा काेराेना संक्रमण, मृत्यु कति ?
समय:2021-05-05 04:29

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ८२ हजार ६९१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । योसँगै भारतमा संक्रमित हुनेको संख्या दुई करोड ६ लाख ५८ हजार २३४ पुगेको छ। दुई दिन अघि चार लाख नाघेको नयाँ संक्रमितको संख्या मंगलबार तीन लाख ५५ हजार ८२८ मा झरेको थियो । त्यस्तै, सोमबार तीन लाख ७० हजार ५९ संक्रमित थपिएका थिए।

त्यस्तै, सक्रिय संक्रमितको संख्या ३४ लाख ९३ हजार ६३५ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा तीन हजार ७८७ जनाको मृत्यु भएको छ। योसँगै भारतमा मृत्यु हुनेको संख्या दुई लाख २६ हजार १६९ पुगेको छ।

मंगलबार तीन हजार ४३८ जनाको मृत्यु भएको थियो। त्यस्तै, सोमबार तीन हजार ४२२ जनाले ज्यान गुमाउनु परेको थियो।

अहिले दैनिक थपिने संक्रमितको संख्या र मृत्यु हुनेको संख्या भारतमा सबैभन्दा बढी रहेको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर