
धादिङ, भदौ १३ गते । बाढीका कारण धादिङको बैरेनी अस्पताल डुबानमा परेको छ। बाढीले अस्पतालको पहिलो तला डुबाउँदा औषधि, ल्याबका सामग्री, एक्सरे मेसिन लगायत महत्त्वपूर्ण स्वास्थ्य उपकरणमा क्षति पुगेको छ।
बाढीपछि अस्पताल परिसरमा ठुलो मात्रामा हिलो र माटो जमेको छ। अहिले सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस आदमघाटबाट खटिएको टोलीले अस्पतालभित्र जमेको हिलो हटाउने तथा सरसफाइको काम गरिरहेको छ ।


















