
काठमाडौँ, भदौ ६ गते । भदौ ५ गते काठमाडौंस्थित चिनियाँ सांस्कृतिक केन्द्रमा “२०२६ कलात्मक पाण्डा विश्व भ्रमण” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा ठूलो संख्यामा विद्यार्थी तथा बालबालिकाको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले पाण्डाका आकृतिहरूमा रङ भर्ने, आफ्नै सिर्जनात्मक शैलीमा चित्र सजाउने, पजल मिलाउने तथा विभिन्न खेल गतिविधिहरूमार्फत रमाइलो गर्दै चिनियाँ संस्कृति र पाण्डाबारे जानकारी प्राप्त गर्ने अवसर पाएका थिए।

आयोजकका अनुसार यस्ता कार्यक्रमहरुले कला, मनोरञ्जन र सांस्कृतिक आदानप्रदानमार्फत नेपाल र चीनबीचको मैत्री तथा सांस्कृतिक सम्बन्धलाई थप नजिक बनाउने बताए।
सहभागी सबै विद्यार्थीहरूले यो अनुभवलाई अविस्मरणीय रहेको भन्दै आगामी दिनमा यस्ता कार्यक्रममा झन् बढी सहभागी हुने उत्साह व्यक्त गरे।


















