नेभिगेसन मेनु

आचारसंहिता परिपालनामा कडाइ गर्दै आयोग
सम्पादक:南亚网络电视
समय:2026-01-27 12:27

 

 e.-aayog

काठमाडौँ, माघ १३ गते ।  प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको मनोनयन सकिएसँगै आचारसंहिता उल्लङ्घनका घटना नियमन र नियन्त्रणमा निर्वाचन आयोगले कडाइ गरेको छ । आयोगले मनोनयन दर्तासँगै प्रचारका घटनामा केन्द्रित रहेर उम्मेदवार तथा संस्थालाई समेत स्पष्टीकरण सोधेको छ । निर्वाचन आयोगको राजनीतिक दल तथा कानुन महाशाखाका अनुसार आइतबारसम्म आठ वटा स्पष्टीकरण सोधिएको छ । जसमा बहालवाला मुख्यमन्त्रीदेखि उम्मेदवारसम्म छन् ।

आयोगले प्रत्यक्षको मनोनयनका घटना र त्यसयता उम्मेदवारका विभिन्न गतिविधिमा आठ वटा स्पष्टीकरण सोधिसकेको छ । सोही हाराहारीका पत्र निर्णय प्रक्रियामा रहेको आयोगले जनाएको छ । विचाराधीन अन्य उजुरीमा समेत चाँडै निर्णय गर्ने तयारी आयोगको छ । 

आयोगले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मनोनयनका क्रममा उपस्थित भएकाले आयोगले तीन दिनभित्र जवाफ दिन स्पष्टीकरण सोधेको हो । कार्कीका तर्फबाट जवाफ प्राप्त भने भएको छैन । 

यस्तै काठमाडौँ–४ का राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार डा. सुरेन्द्र भण्डारीलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ । भण्डारीले दिनुभएको अभिव्यक्तिका विषयमा आयोगले स्ष्टीकरण सोधेको हो । भण्डारीको पनि जवाफ आएको छैन ।

आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेललाई पनि स्पष्टीकरण सोधेको थियो । खरेलले आयोगले तोकेको समयसीमाभित्र जवाफ पठाउनुभएको छ । निर्वाचन आचारसंहिताले तोकेको सीमाभित्र झन्डा प्रयोग गरेको र जुलुस निकालेको जवाफ खरेलले आयोगमा पठाउनुभएको छ । 

अखिल नेपाल फुटबल सङ्घ एन्फाको अर्डिनरी कंग्रेसको निर्वाचनको विषयमा आयोगले स्पष्टीकरण सोधेको छ । सोही विषयमा नै राष्ट्रिय खेलकुद परिषद्लाई समेत स्पष्टीकरण सोधिएको छ । निर्वाचन आचारसंहिता लागु भइसकेपछि निर्वाचनको कार्यक्रम अघि बढाएकोमा स्पष्टीकरण सोधिएको हो । दुई दिनको समय दिइएकोमा राखेप र एन्फा दुवैको जवाफ नआएको आयोगले जनाएको छ । 

नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेतलाई पनि आयोगले स्पष्टीकरण सोधेको थियो । बस्नेतले स्पष्टीकरणमा जवाफ नपठाएको आयोगको भनाइ छ । आर्थिक लेनदेनको आरोपसहित बस्नेतविरुद्ध उजुरी परेको थियो । 

यस्तै आयोगले कोशी प्रदेशका उद्योग कृषि तथा सहकारीमन्त्रीलाई पनि स्पष्टीकरण सोधेकामा जवाफ प्राप्त भएको छैन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका ओखलढुङ्गाका उम्मेदवार विश्वराज पोखरेललाई पनि आयोगले तीनदिने स्पष्टीकरण सोधेको छ । माघ १० मा सोधिएको स्पष्टीकरणको जवाफ प्राप्त नभएको आयोगले जनाएको छ । 

जिल्ला निर्वाचन कार्यालयहरूमा पनि आचारसंहिताका विषयमा उम्मेदवारविरुद्ध उजुरी परिरहेको र स्पष्टीकरणको प्रक्रियामा रहेको आयोगले जनाएको छ । आयोगमा उजुरी परेकामध्ये केही विषयमा मङ्गलबार थप पत्राचारको तयारी छ ।   

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर