
काठमाडौं, माघ २६ गते । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मकवानपुरमा चुनावी सरगर्मी बढेको छ । निर्वाचन नजिकिँदै गर्दा जिल्लाका उम्मेदवार आफ्नो पक्षमा माहोल ल्याउन मतदातासँग साक्षात्कार गर्न व्यस्त भएका छन् । मकवानपुरका उम्मेदवार आआफ्नो निर्वाचन क्षेत्र पुगेर मतदाताको गुनासो सुन्ने र प्रतिबद्धता जाहेर गर्ने कार्यमा व्यस्त छन् । उम्मेदवारले कस्ता एजेन्डा पस्किन्छन् र कसरी प्रस्तुत हुन्छन् भन्ने विषयमा मतदाताले अनेक अड्कलबाजी गरिरहेका छन् ।
मकवानपुरमा यस पटक कुल ४४ जनाले उम्मेदवारी दिएका छन् । मकवानपुरको दुई निर्वाचन क्षेत्रमध्ये मकवानपुर–२ दुर्गम रहेको छ । यहाँ जिल्लाको कर्णाली भनेर चिनिने कैलाश गाउँपालिकादेखि अति सीमान्तकृत, विपन्न चेपाङ समुदाय बसोबास गर्ने राक्सीराङ गाउँपालिका रहेका छन् ।
कैलाश गाउँपालिका पर्यटकीय हबका रूपमा परिचित थाहा नगरपालिका, इन्द्रसरोवर र भीमफेदी गाउँपालिका यहाँ पर्दछन् । त्यस्तै मकवानपुरगढी गाउँपालिकाका ५, ६, ७ र ८ नम्बर वडा र प्रदेशको राजधानीसमेत रहेको हेटौँडा उपमहानगरपालिकाका १, ३, ११ र १९ नम्बर वडावासी यहाँका मतदाता हुन् ।
यहाँ भौगोलिक विकटता, विपन्नता तथा अति सीमान्तकृतको बाक्लो बस्ती रहेका छन् । यस क्षेत्रका अधिकांश भेग दुर्गम रहेकाले यहाँका जनताका समस्याका चाङमा बाँचिरहेका छन् । देशमा सङ्घीयता भित्रिएको आठ वर्ष बितिसक्दा पनि यहाँका समस्या उस्तै छन् । यहाँको मनहरी गाउँपालिका पर्सा र चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएकाले मानव वन्यजन्तुको द्वन्द्वबिच बाँचिरहेको छ । जीविकोपार्जनको मुख्य स्रोत बनाएको राक्सीराङ र कैलाश गाउँपालिकाका सयौँ युवा अहिले कारागारमा सजाय काटिरहेका छन् ।
आसन्न निर्वाचनका लागि यहाँबाट २१ जनाले उम्मेदवारी दिएका छन् । यसअघि पनि यसै क्षेत्रबाट निर्वाचित एमालेका महेश बर्तौलादेखि रास्वपाबाट देशकै कान्छा उम्मेदवार प्रशान्त उप्रेती चुनावी प्रतिस्पर्धामा छन् । यहाँ मुख्यतया कांग्रेसका बुद्ध लामा, नेकपाका लवशेर विष्ट, एमालेका महेश बर्तौला र स्वतन्त्रका प्रशान्त उप्रेतीबिच प्रतिस्पर्धा हुने देखिएको छ ।
पार्टीका मकवानपुर जिल्ला सभापतिसमेत रहनुभएका कांग्रेसका लामाले जातीय मत तान्ने विश्वासका साथ कांग्रेसले उहाँलाई उम्मेदवार बनाएको छ । यहाँका पालिकामा जनजातिको बाहुल्य रहेकाले भोट लामालाई आउने विश्वास लिएको छ ।
यसअघि पनि २०७९ को प्रतिनिधि सभा निर्वाचनमा त्यही क्षेत्रबाट विजयी भएर सांसद बन्नुभएका एमालेका बर्तौला पनि आफ्नो निर्वाचन क्षेत्रका लागि लोकप्रिय मानिनुहुन्छ । पहिलो पटक उम्मेदवार बन्नुभएको रास्वपाका उप्रेतीले आफूलाई विश्वास गर्ने गरी जनतामाझ जाने प्रयासमा रहनुभएको छ ।
नेकपाका उम्मेदवार विष्टले मतदाताले प्रतिनिधि सभाका सांसदले जे गर्नुपर्ने हो त्योभन्दा फरक अपेक्षा आफूसँग राखेको उहाँले बताउनुयो । यस क्षेत्रमा व्यक्तिगत समस्या र विकासनिर्माणका समस्याका चाङ रहेको उहाँले बताउनुभयो ।
“यहाँका जनसमुदायले विकास खोजेका छन् । मैले यहाँका नागरिकले पाउने सेवा सुविधामाथि आउने कानुनी बन्देजबारे संसद्मा आवाज उठाउने प्रतिबद्धता जाहेर गरेको छु । यहाँका भूमिहीन, अव्यवस्थित बसोबासी र सुकुमवासीका व्यवस्थापनका लागि आवाज उठाउने प्रतिबद्धता जाहेर गरेको छु,” उहाँले भन्नुभयो ।
नागरिकले गाउँमा पक्की सडक, शिक्षा, स्वास्थ्य र खानेपानी खोजेकाले त्यहाँ सर्वप्रथम विकासको आवश्यक्ता देखिएको उहाँको भनाइ छ । एमाले उम्मेदवार महेश बर्ताैलाले समुदायले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, ढल व्यवस्थापनसम्बन्धी अनेकन समस्या सुनाएको बताउनुभएको छ ।
, माघ २६ गते । आगामी साता हुन गइरहेको बङ्गलादेशको आम निर्वाचनले छिमेकी भारतसँगको सम्बन्धलाई पुनः परीक्षण गर्ने र चीनको प्रभावलाई थप सुदृढ बनाउने सङ्केत देखिएको छ।
दक्षिण एसियामा बेइजिङले आफ्नो पहुँच विस्तार गरिरहेका बेला यो निर्वाचनले क्षेत्रीय शक्ति सन्तुलनलाई नयाँ आकार दिन सक्ने विश्लेषकहरूको ठहर छ।
गत अगस्ट २०२४ मा विद्यार्थी नेतृत्वको जनविद्रोहबाट पूर्वप्रधानमन्त्री शेख हसिनाको १५ वर्षे शासन अन्त्य भएपछिको यो पहिलो आम निर्वाचन हो। आगामी फागुन १ गते (फेब्रुअरी १२) का लागि तय भएको यो चुनावले बङ्गलादेशको राजनीतिक दिशा मात्र नभई भू-राजनीतिक समीकरणसमेत परिवर्तन गर्ने देखिन्छ।
भारतसँगको तिक्तता र चीनको सामीप्यता
पूर्वप्रधानमन्त्री शेख हसिनालाई भारतले शरण दिएको र ढाकाको प्रत्यर्पण अनुरोधलाई अस्वीकार गरेको विषयले वर्तमान अन्तरिम सरकार भारतसँग सन्तुष्ट छैन। नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले पछिल्लो समय चीन र पाकिस्तानसँगको सम्बन्धलाई तीव्रता दिएको छ।
१७ करोड जनसङ्ख्या भएको मुस्लिम बहुल राष्ट्र बङ्गलादेशले हसिनाको पालामा पनि चीनसँग व्यापार र रक्षा सम्बन्ध राखेको थियो। तर, त्यस समयमा नयाँदिल्लीलाई ढाकाको प्रमुख रणनीतिक साझेदार मानिन्थ्यो। अहिले यो सन्तुलन चीनतर्फ ढल्कँदै गएको विज्ञहरूको विश्लेषण छ।
काउन्सिल अन फरेन रिलेसन्सका वरिष्ठ फेलो जोशुआ कुर्लेन्ट्जिक भन्नुहुन्छ, "बङ्गलादेशको आगामी सरकार चीनतर्फ बढी झुकेको देखिन्छ। बङ्गालको खाडी क्षेत्रमा चीनको रणनीतिक सोचको केन्द्रमा बङ्गलादेश पर्दै गएको छ र ढाकाले चीन समर्थक भूमिका खेल्नेमा बेइजिङ विश्वस्त देखिन्छ।"
रक्षा सम्झौता र कूटनीतिक सक्रियता
अन्तरिम सरकारका प्रमुख सल्लाहकार युनुसले आफ्नो पहिलो राजकीय भ्रमणका लागि चीनलाई रोज्नु र गत जनवरीमा भारत नजिकैको उत्तरी एयरबेसमा ड्रोन प्लान्ट स्थापनासम्बन्धी रक्षा सम्झौता हुनुलाई यसै परिवर्तनको कडीका रूपमा हेरिएको छ। ढाका विश्वविद्यालयका प्राध्यापक देलवर हुसेनका अनुसार निर्वाचनको परिणाम जे भए पनि बङ्गलादेश–चीन सम्बन्ध अझ प्रगाढ हुने निश्चित छ।
अर्कोतर्फ, नयाँदिल्ली र ढाकाबीचको सम्बन्धमा भने केही समययता चिसोपन आएको छ। भारतले बङ्गलादेशमा हिन्दू अल्पसङ्ख्यकमाथि हिंसा भएको भन्दै चिन्ता व्यक्त गरेको छ भने ढाकाले ती आरोपहरूलाई बढाइचढाइ गरिएको दाबी गर्दै आएको छ। सन् २०२५ मा भएका साम्प्रदायिक हिंसामा ७० जना अल्पसङ्ख्यकको मृत्यु भएको सरकारी तथ्याङ्क छ।
सन्तुलनको प्रयास र चुनौती
सम्बन्ध सुधारका लागि केही प्रयासहरू पनि भएका छन्। भारतीय विदेशमन्त्री एस. जयशङ्करको ढाका भ्रमण र प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षी नेतृ खालिदा जियाको निधनमा व्यक्त गर्नुभएको शोक सन्देशलाई सकारात्मक पहलका रूपमा हेरिएको छ। यद्यपि, खेलकुद राजनीति (क्रिकेट विवाद) र पाकिस्तानसँगको प्रत्यक्ष उडान सुचारु गर्ने ढाकाको निर्णयले नयाँदिल्लीलाई सशङ्कित बनाएको छ।
अन्तर्राष्ट्रिय सङ्कट समूहका प्रवीण डोन्टीका अनुसार दुवै देश सम्बन्ध बिग्रँदा हुने नोक्सानीबारे सचेत छन्। उहाँ भन्नुहुन्छ, "नयाँ सरकारले भारतसँगको सम्बन्ध पूर्ण रूपमा नबिगारी पाकिस्तानसँगको सम्बन्धलाई सामान्य बनाउने प्रयास गरिरहेको देखिन्छ।"
पूर्व कूटनीतिज्ञहरूका अनुसार चीनसँगको बढ्दो सहकार्यले अनिवार्य रूपमा भारतसँग शत्रुता निम्त्याउँछ भन्ने निष्कर्ष निकाल्नु हतारो हुनेछ। व्यापार, पूर्वाधार विकास र आपूर्ति श्रृङ्खलाका लागि बङ्गलादेशले दुवै शक्ति राष्ट्रसँग सन्तुलित सम्बन्ध राख्नुपर्ने आवश्यकता र आधार अझै जीवितै छ। (रासस/एएफपी)
![]()
南亚网视 “赋能尼泊尔百家企业” 各频道广告全面招商启事
अन्त्य
डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्
पसंदीदा प्राप्त गर्नुहोस्(0) प्रकाशन
स्पोन्सर AD पृष्ठ सूची नयाँ समाचार अफगानिस्तानमा सन् २०२ 2026-2-5
भारतको हिमाचल प्रदेशम 2026-1-11
विमान दुर्घटनामा महार 2026-1-28




